रक्तदान सबैभन्दा ठुलो मानबीय धर्म
घोराही, ३१ जेठ । रक्तदान सबैभन्दा ठुलो मानबीय धर्म रहेको घोराहीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिश्व रक्तदाता दिवसका अबसरमा बिहीबार आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हन् । दुर्लभ रक्तदाता समुह दाङ, नेपाल स्वयमसेबी समाज नेपाल र नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको आयोजनामा गरिएको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । धर्म कर्मका लागि मानिस विविध कार्यमा सहभागी हुने भन्दै उनीहरुले रक्तदान उत्कृष्ट धर्म रहेको बताएका थिए । दुर्लभ रक्तदाता समुह दाङका अध्यक्ष थम्मन चौधरीको अध्यक्षतामा कार्र्र्यक्रम भएकोे होे । दिवसका अबसरमा घोराहीमा प्रभातफेरी गरिएको थियो । प्रभातफेरी पश्चात भएको औपचारिक कार्यक्रममा १५ पटकभन्दा बढी रक्तदान गर्ने पुरुष, १० पटकभन्दा बढी रक्तदान गर्ने महिला तथा पाँच पटक दुर्लभ रक्तदातालाई प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै नियमित रक्तदान गर्ने संघसस्थालाई पनि सम्मान गरिएको थियो । नेपाल स्वयमसेबी समाज दाङका अध्यक्ष जितबहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. जनाद्र्धन पन्थी, नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायणकुमार आचार्य, ब्लड बैंक घोराहीका प्रमुख दिलिप न्यौपाने, त्रिभुबन नगर जेसिजका अध्यक्ष लालमणी भण्डारी, दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण बसन्त खनालले गर्नुभएको थियो । यसैबीच बिश्व रक्तदान दिवसको अबसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघ राप्ती शाखाले बिहीबार रक्तदान गरेको छ । दाङ शाखाले … Continue reading रक्तदान सबैभन्दा ठुलो मानबीय धर्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed