ताजा अपडेट

स्वास्थ्य चौकीको गाँउमै सुत्केरी सेवा

          |   161 Views   |   Published Date : 14th June 2018 |

IMG_20180613_093211 सन्तोष अधिकारी दाङ,  जेठ ।  स्वास्थ्य चौकीहरुले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि अहिले सुत्केरी गराउन आउनेको संख्या बढेको छ । गाँउ गाँउमा रहेका स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर सञ्चालन हुदा स्थानीयले घर आँगनमै सेवा पाईरहेको प्रतिक्रिया दिने गरेकाछन् । सुत्केरी गराउनकै लागि वजारमै जानुपर्ने वाध्यतालाई स्वास्थ्य चौकी विस्थापित गरेको छ ।


घोराही उप महानगरपालीका २ निमुरीयाकी निर्मला चौधरीलाई सुत्केरी व्यथाले च्याप्यो । २० मिनेटको दुरीमा रहेको स्वास्थ्य चौकी रामपुरमा निर्मलाका आफन्तहरुले खटियामा बोकेर ल्याए । एकरात स्वास्थ्य चौकीमै वसेकी निर्मलाको विहान पौने ६ वजे बच्चा जन्मीयो । स्वास्थ्य चौकीमा रहेका नर्सहरुले उनको रेखदेख गरेको सुत्केरीकी आफन्त देवा चौधरीले बताईन् । सुत्केरी निर्मलालाई औषधि दिनुपर्ने भयो । स्वास्थ्य सस्थामा निशुल्क रुपमा वितरण गर्ने र्आषधि सहित घाउ सुकाउने औषधि स्वास्थ्य चौकीमा नभएको भन्दै देवालाई बाहिरको मेडिकलमा किन्न पठाए ।

हामिलाई त थाहा छैन केके औषधि निशुल्क पाईन्छ यो किन्न जा भनेर बाहिरवाट किनेर ल्याएको हुँ देवाले भनिन् । उनलाई किन्न लगाईएको औषधि निशुल्क वितरण गर्ने औषधिमा नपर्ने भएकोले किन्न पठाईएको स्वास्थ्य चौकीका ईन्चार्ज दिपेन्द्र न्यौपानेले जानकारी दिए । “सुत्केरीलाई घाउ सुकाउने औषधि दिनुपर्ने हुन्छ तर त्यो यहाँ छैन” न्यौपानेले भने । नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत उपलव्ध गराउने ३५ प्रकारका औषधिहरु प्रयाप्त मात्रामा रहेको ईन्चार्ज न्यौपानेको भनाई छ ।
त्यस्तै घोराही उप महानगरपालीका ४ लक्ष्मिपुरमा रहेको उप स्वास्थ्य चौकीमा पनि सुत्केरी हुन आउनेहरुको चाप हुने गरेको छ । विभिन्न अभावका बावजुद पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मुनाल घिमिरेले जानकारी दिए । लक्ष्मिपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गोविन्द गुप्ताका अनुसार १५ दिन अघिदेखी चौकीमा ४ प्रकारका औषधिहरुको अभाव रहेको छ । देश संघियतामा गैसकेपछि औषधि नगर स्वास्थ्य ईकाईवाट वितरण हुनुपर्नेमा ढिलाई भैरहेको छ । नगर स्वास्थ्य शाखाले औषधि खरीद गरेपनि दाखिला नगरेका कारण औषधिको अभाव देखिएको हो । “हामिले औषधि सकिएको जानकारी गराएका छौ आउछ भन्नु भाको १५ दिन भन्दा बढि भैसक्यो तर आउने अत्तोपत्तो छैन” गुप्ताले भने । बर्थिङ सेन्टरकोलागि पनि सानो कोठा भएका कारण समस्या भैरहेको पनि गुप्ताले बताए ।
सुत्केरी होस् या अरु कुनै विरामी उपचारका लागि घोराही जानपर्ने वाध्यतालाई गाँउ तथा नगर स्वास्थ्य केन्द्रहरुले सर्वसाधारणलाई सहज बनाईदिएकाछन् । उपचारकालागि एम्वुलेन्स बोलाउनुपर्ने र समयमा अरु सवारी साधन नपाईने भएकोले स्थानीयहरुलाई समस्या हुने गरेको थियो । तर अहिले त्यो समस्या टरेको स्थानीयहरुको भनाई छ । लक्ष्मिपुर स्वास्थ्य चौकीले उपलव्ध गराएको तथ्याङ्क हेर्ने हो भने २०७४ सालमा ४८ जना सुत्केरी बर्थिङ सेन्टरमा आएर सुत्केरी भएका थिए । त्यसैगरी रामपुर स्वास्थ्य चौकीमा गतवर्ष एक सय ३७ जना सुत्केरी भएकाछन् । सुत्केरीहुन मात्र नभई स्वास्थ्य चौकीमा नियमित रुपमा उपचार गराउन समेत आउन थालेको स्वास्थ्य चौकीका ईन्चार्जहरुको भनाई छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१