ताजा अपडेट

स्वर्गीय भण्डारीको सम्झनामा बहिरा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

          |   12 Views   |   Published Date : 14th June 2018 |

तुलसीपुर,  जेठ | स्वर्गीय जिवलाल भण्डारीको सम्झनामा बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तुलसीपुर ७ गणेशपुर निवासी जिवलाल भण्डारीका छोरा दिमलाल भण्डारीले बुधबार एक कार्यक्रमको आयोजना गरि बुबाको सम्झनामा राप्ती बहिरा सघं तुलसीपुरका ६० जना बढी छात्रछात्रालाइ शैक्षिक सामाग्री वितरण गरेका हुन ।

स्वर्गीय भण्डारीकी श्रीमती गोपा भण्डारीको अध्यक्षतामा तथा नेकपाका जिल्ला उपाध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भण्डारीको परिवारले विगत ४ वर्ष देखि स्वर्गीय बुबाको सम्झनामा उत्त सघंका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दे आएको छोरा दिमलाल भण्डारीले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१