ताजा अपडेट

विपद व्यवस्थापनको नाममा भएको उत्खनन् प्रर्ति चाँसो वढ्दै

          |   90 Views   |   Published Date : 14th June 2018 |

IMG_20180613_142210

दिवाकर पोख्रेल देउखुरी, जेठ  । राप्ती नदिको कटान नियन्त्रण गर्नको लागि अनुमति लिएर उत्खनन् भइरहेको क्षेत्रको विषयमा विभिन्न टिका टिप्पणी हुन थालेको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा पर्ने राप्ती नदी तटबन्धको दुबै स्थानीय तहको सर्बपक्षिय भेलावाट नदिलाई एकैधारवाट बगाउनको लागि राप्ती नदी देखि पश्चिम क्षेत्रमा नदीमा थुप्रीएको नदीजन्य पदार्थ उत्खनन् गर्ने सहमति भएको थियो ।

उत्खनन् भएर निर्धारित कार्य सकिनै लाग्दा विरोधले तटबन्धनमा समेत प्रभाव पार्ने सम्भावना बढेको छ । एकथरीले राप्ती नदीमा तटवन्ध गर्नको लागि खोलाका ट्¥याक खन्ने काम गलत भएकाले रोकिनु पर्ने तर्क गरेका छन् । लमही नगरपालिका क्षेत्रका स्थानीय राजनीतिक दलका व्यत्तिहरुले राप्ती नदीको स्थलगत अनुगमन गरेपछि अहिले काम वाट सन्तुस्ट रहन नसकिने निष्कर्ष निकालेका हुन । विशेष त विघटीत नेकपा एमाले र नेकपा माआवादी केन्द्रका नेता कार्यकर्ता र केही स्थानीयहरुले नदीको स्थलगत अजलोकन गरि यसरी उत्खनन् गर्ने कार्यले राप्ती नदी नै खतरामा पर्ने सम्भावना रहेको बताएका छन् ।


राप्ती लाई एकैधार बाट बगाएर राप्ती नदिले कटान गरेको किसानका जग्गा जमिन बचाउने र डुबान मुक्त बनाउने उद्देश्यले राज्यले यस्तो कार्य थालेको स्थानीय सरकारको भनाइ छ । लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले अहिले उत्खनन् भइरहेको कामले कही कतै असर नपर्ने बताउनुहुन्छ । यसका दुइवटा तह,जिल्ला समन्वय समिति अन्तरगर्तको विपद व्यवस्थापन समिति ,राष्ट्रपति चुरे तराइ मधेश संरक्षण समितिका अनुमति मात्रै काम भएको छ । केसीले भन्नुभयो । यसवाट नदीलाई सहि दिशा लग्न सकिन्छ भन्ने हिसावले लमही नगरपालिकाले सहिजकरण मात्रै गरेको प्रमुख केसीको भनाइ छ ।
लमही कोइलावास हुलाकी राजमार्गमा नदि जन्य पदार्थ आवश्यक परेकोले राजमार्गको लागि १ एक लाख र स्थानीय क्रसर उद्योगलाई ८० हजार घनमिटर राजश्व लिएर विक्री गर्ने सहमति भएको भएपनि नेकपाका कार्यकर्ताहरुले यसलाई मान्न तयार छैनन। राजमार्ग र क्रसरलाइ नदी जन्य पदार्थ दिएर नदीको मार्ग सोझो बनाउन खोज्नु स्थानीय सरकारको मुर्खता हो स्थानीय राजनीतिक कर्मी नारायण डिसी छम्पालीले भन्नुभयो ।
चुरे र विपत व्यवस्थापनले लिदएको अनुमति अनुसारको काम नभएको र बरु गुणस्तरीय नदीजन्य पदार्थ भएकोमा धेरै खनिएको र पाँको माटो भएकोमा नखनीएको स्थलगत अवलोकन पछी पाएको स्थानीयको भनाइ छ ।
यस विषयमा जिल्ला समन्ववय समीतिले पनि सहमति अनुसार काम गर्न निर्देशन दिएको छ । जिल्ला समन्ववय समितिले सबै सरोकारवाला निकायवाट बैधानिकता लिएर काम भइरहेकोले यसमा शंका गर्नुभन्दा पनि काम भए नभएको अनुगमन गर्न आवश्यक रहेको जनाएको छ र। समितिका संयोजक श्रीधर शर्मा पौडेलले कोइलावास सडक निर्माणको लागि कालिका कन्ट्रक्सन प्रालि र जलजला कन्ट्रक्सन प्रालिलाई उत्खनन गर्न दिने स्थानीय तह देखि चुरेसंरक्षण समिति र प्राविधिकहरुको राय वाट भएकाले बैधानिकतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउनुभयो । नदी दुइधार भएकाले एकैधारवाट बनाउन यो गरिएको हो, यसवाट राजश्वस संकलन हुन्छ सडक निर्माण हुन्छ र नदी पनि एकैधारमा बगाउन सकिन्छ उहाँले भन्नुभयो ।
सम्झैता अवधी जेठ मसान्त वाट सकिने भएकाले बुधबार विहीवार तिव्रगतिमा काम गर्न र धार फाटेको ठाउँवाट काम गर्न निर्देशन जिल्ला समन्ववय समीतिले दिएको छ।

नगरपालिकाको पत्रकार सम्मेलन
लमही नगरपालिकाले यसै विषयमा वुधबार पत्रकार सम्मेलनको आयोजना गरि राप्ती नदीवाट विपत व्यवस्थापनको नाममा भइरहेको उत्खनन् प्रर्ति धारणा सार्वजनिक गरेको छ । राप्ती नदीमा नदीको ट्याक खोल्नको लागि भइरहेको उत्खनन् प्रर्ति केहि संचार माध्यम र सामाजिक संजालमा भ्रामक कुराहरु आएको भन्दै पत्रकार सम्मेलन मार्फत प्रस्ट्र पार्न पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख कुलवहादुर केसीले नगरपालिका संग जोडेर नदि जन्य पदार्थको उत्खनन् बारे खण्डन गर्नुभएको छ ।
सबै काम जिल्ला समन्वय समीति मार्फत गरिएको भन्दै स्थानीय तहले त्यसमा सहजिकरण गरेकाले यसमा अन्याथा नसोच्न संचार माध्यमलाई उहाँले आग्रह गर्नुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१