ताजा अपडेट

लक्षीत वर्गलाई बुटिक तालिम

          |   53 Views   |   Published Date : 14th June 2018 |

दाङ, ३१ जेठ । मुक्त कमैयाहरु, मुत्त कमलरी तथा आदिवासी जनजातिहरुको सीप तथा क्षमता अभिबृद्वि गर्ने उद्देश्यका साथ राप्ती गाउँपालिकाले दुई स्थानमा तीस दिने बुटिक कडाई तालिम पीपरीमा सुरु गरिएको छ ।


बुटिक कडाई तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नुमानन्द सुवेदीले राप्ती गाउँपालिका सदैव नागरिकहरुलाई सीप क्षमता अभिबृद्वि गर्न लागिरहेको र नागरिकले तालिमको सहि सदुपयोग गर्दै ज्ञान हासील गर्नु आवश्यक रहेको र स्वरोजगार बन्न प्रेरित हुनुपर्ने आवस्यक रहेको बताए ।


मुक्त कमैयाहरु तथा मुक्त कमलरी तथा आदिवासी तथा जनजातिहरुको सीप तथा क्षमता अभिबृद्वि गरि आयआर्जन बढाउने र रोजगारी श्रजना गर्ने उद्देश्यका साथ राप्ती गाउँपालिका वडा नं ८ मा तालिम सुरु गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिए ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यता सम्पन्न बुटिक तालिमको उद्घाटन कार्यक्रममा वडा नं ८ का अध्यक्ष गोकर्ण बहादुर राना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१