ताजा अपडेट

महिला माथि भएको अमानविय व्यवहारको चौतर्फी विरोध

          |   122 Views   |   Published Date : 14th June 2018 |

34813006_2085473221777748_4448358041477185536_n घोराही, ३१ जेठ । दाङको भालुबाङमा एक महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट गरेको घटनाप्रति अखिल नेपाल महिला संघ क्रान्तिकारी संगठनले विरोध गरेको छ । संगठनका जिल्ला अध्यक्ष जानकी चौधरीले विहिवार एक विज्ञप्ती जारी गर्दै कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकि छन ।

आफ्नो जग्गा बेच्दैन भनेकै भरमा अर्घाखाँची सितगंगा निबासी दिलमाया पुनलाई शरीरमा लगाएको कपडा च्यातेर निर्वस्त्र पारी निर्घात कुटपिट गर्ने भालुबाङका अनिता गुप्ता र रेखा गुप्तालाई कडा भन्दा कडा कारबाहीको माग विज्ञप्तीमा गरिएको छ ।


विज्ञप्तीमा महिलाको अस्मिता माथि खेलवाड गर्दै अमानवीय रुपले कुटपिट गरिएको गम्भीर प्रकृतिको घटनालाई पनि प्रहरीले सामान्य रुपमा मिलापत्र गराउनु कमजोरी हुने भन्दै दोषी दुबैजनालाई कडा कारबाही गर्न विज्ञप्तीमा माग गरिएको छ ।
सोही घटनाको विरोध गर्दै नेपाल मगर संघ दाङले पनि विहिवार एक विज्ञप्ती जारी गरेको छ । नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुन मगर र सचिव डिल्ली घर्तिमगरले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेका छन । उक्त विज्ञप्तीमा आफ्नो सम्पती आफु खुसी वेच्न पाउने मौलिक हकको उलङ्घन हुनुका साथै सार्वजनिक स्थलमा नङ्ग्याउने अमानविय कार्य भएको भन्दै विरोध गरेका हुन ।

विज्ञप्तीमा दोषिलाई हदैसम्मको कारवाही र उचित क्षतिपुर्तिको व्यवस्था गर्न गराउन नेपालसरकारसँग माग गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१