ताजा अपडेट

पाठेघर क्यान्सरको डरलाग्दो तथ्याङ्क

          |   236 Views   |   Published Date : 14th June 2018 |

garbhapatan रीता लामा घोराही, ३१ जेठ । महिला प्रजनन अंगलाई निकै संवेदनशिल अंग मानिन्छ । त्यही संवेदनशिल अंगबाट नै नयाँ मानवको जन्म हुन पुग्छ । जसको कारण महिलाहरु बच्चालाई ९ महिना पेट भित्रै हुर्काएर जन्माउन सक्ने विशिष्ट क्षमताको प्राणिमा पर्छन । मातृत्वको सुखद अनुभृति गर्न पाउने भाग्य पनि उनीहरुमा मात्र हुन्छ ।

तर महिलाहरुमा भएको त्यही विशिष्ट क्षमतालाई सहि सदुपयोग गर्न नसक्दा र मातृत्वको सुखद अनुभुतिको क्रममा शरिरलाई बेवास्ता गर्दा महिलाहरुले तनाव भोग्नु परेको छ । बच्चालाई ९ महिनासम्म पेट भित्र बचाएर राख्न सक्ने महिलाहरुमा मात्रै हुने अंग भनेको पाठेघर हो । गर्भाअवस्था र सुत्केरी अवस्थामा हुने लापरवाहीले त्यही बच्चा बस्ने स्थान पाठेघरमा क्यान्सर हुने क्रम बढ्दो छ । महिलाहरुमा बच्चा जन्माउन सक्ने क्षमता भएर मात्रै पनि हुदैन । यस समयमा विशेष ख्याल नराख्दा महिलाको स्वास्थ्यमा डरलाग्दो समस्या क्यान्सर देखिन थालेको हो ।


नेपाल परिवार नियोजन दाङ शाखाले सन ०१५ देखि पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क जाच गर्ने सुविधा सुरु गरेको छ । जिल्लाका अन्य कुनै पनि अस्पतालमा यस प्रकारको सुविधा छैन । परिवार नियोजनले पाठेघरको मुखमा हुने क्यान्सरको जाँच गर्न थाले पछि दाङमा पनि धेरै महिलामा यो समस्या भएको पत्ता लागेको हो । परिवार नियोजनको सन ०१७को बर्षभरीको तथ्याङ्क हेदा जाँच गर्न आएका मध्य करिव २ सय जना महिलाहरु पाठेघरको समस्याबाट ग्रष्त भएको पाइएको छ । शाखाका प्रमुख बसन्त खनालका अनुसार पाठेघरको क्यान्सरको शंखा लागेर जाँच गर्न आएका २१ सय ३० मध्ये १ सय ९२ जना महिलाहरु पोठघरको क्यान्सरबाट पीडित भएको पाइएको छ । त्यसमा पनि ३० देखि ३४ बर्ष उमेर समुहका महिलाहरु धेरै पाठेघरको क्यान्सरबाट संक्रमित भएको पाइयो । चिकित्सकहरुका अनुसार अधिकासं महिलाहरुलाई ५० बर्ष पछाडी अर्थात रजनोबृद्धि बन्द भैसके पछि क्यासर हुने सम्भावना धेरै हुन्छ तर जिल्लाको तथ्याङ्कम भने युवा अवस्थाका महिलाहरुमा पाठेघरको क्यान्सर बढीभएको देखिएको छ ।
शाखा प्रमुख खनालले दिएको तथ्याङ्कमा यस बर्ष १५ देखि १९ बर्ष भित्रका महिलाहरुमा समेत पाठेघरको क्यान्सर देखिएको छ । जसमा ३ जना महिला छन । त्यस्तै २० देखि २४ भित्रका २७, २५ देखि २९ भित्रका ३९, ४० देखि ४४ भित्रका २१, ४५ देखि ४९ भित्रका २१ र ५० बर्ष माथिका १४ जना महिलामा पाठेघरको क्यान्सर देखा परेको छ ।
पाठेघरको मुखमा हुने क्यान्सरको जाँच मात्र होइन । जाँच गर्नुभन्दा अगाडी र जाँच गरिसके पछि परिवार नियोजनले महिलाहरुलाई काउन्सिल पनि गर्ने गरेको छ । परिवार नियोजन दाङ शाखाका अनुसार जाँच गर्नुपुर्व ४१ सय र जाँच पनि हुने समस्याबाट महिलालाई जोगाउनको लागि २२ सय महिलाहरुलाई काउन्सिल पनि गरिसकेको छ ।
चिकित्सकहरुका अनुसार महिलाहरुको पाठेघरको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसका कारणले हुने गर्दछ । साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा, मधुमेह तथा उच्च रक्तचाप भएमा, तल्लो पेटमा बारम्बार विकिरण (एक्स रे औषधी)को प्रयोग भएमा, धेरै धुम्रपान गर्ने महिलाहरूमा, एचआईभी र एड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा, पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा क्यासर हुने सम्भावना धेरै हुन्छ ।
महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१