ताजा अपडेट

दाङमा तीन जनाले पाए सुनको सिक्का

          |   790 Views   |   Published Date : 14th June 2018 |

35329318_916526871865718_3341512598129475584_n दाङ, ३१ जेठ । नेपाल सुनचाँदी व्यवसायी दाङले तीन जना ग्राहकलाई सुनको सिक्का प्रदान गरेको छ । घोराही स्थित विभिन्न सुनचाँँदी पसलबाट सुन खरिद गरे वाफत सुनको सिक्का प्रदान गरेको हो ।

ग्राहक बिषेश उपहार कुपन मार्फत खोलिएको चिठ्ठाका आधारमा उपहार प्रदान गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिए । बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी चिठ्ठा खोलिएको हो । जस अन्तरगत घोराहीका भारत बनारस घर भई हाल घोराही सिमेन्टमा कार्यरत मुरली यादव, घोराही उपमहानगरपालिका वडा नं.१७ कर्जाहीका निर्मला चौधरी र घोराहीकै जीतसीङ घर्तीले १ दशमलव ५ ग्राम सुन प्राप्त गरेका हुन ।


प्रत्येक महिना वम्पर उपहार योजना मार्फत ग्राहकलाई सुनको सिक्का प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष विश्वकार्मले जानकारी दिए । उपहार लिन आउदा ग्राहकले अनिवार्य रुपमा सुन खरिद गरेको बिल र अर्धकठ्ठी लिएर १५ दिन भित्र सम्पर्क गर्न समेत आग्रह गरिएको छ । त्यस अवसरमा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले आर्थिक विकासमा सुनचाँदी व्यावसायीको भुमिका महत्व पूर्ण रहेको बताए ।
सुनचाँदी व्यावसायी माथी ठुलो सुरक्षाको चुनौती थपिएको वताउँदै सुरक्षा निकाए यस विषयमा गम्भिर नदेखिएको उनले बताए । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य धुब्रकुमार गतहराज लगायतले आआफ्नो धारणा राखेका थिए । उपाध्यक्ष निर्मला विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१