ताजा अपडेट

तुुलसीपुुरको वधशालामा बालबालिकाको श्रम शोषण

          |   177 Views   |   Published Date : 14th June 2018 |

balak

निरला अर्याल गैरे तुुलसीपुुर , जेठ । बालबालिकालाई श्रममा लगाउनुु बालअधिकारको उल्लघंन हो । तर यो कुरा कुुरा थाहा हुुदाँहुुदैं पनि तुुलसीपुुर क्षेत्रका केही बधशालामा बालबालिकाको श्रम सोषण हुँदै आएको पाइएको छ । बुधवार पशुु सेवा शाखा तुुलसीपुुरले गरेको बधशाला अनुुगमनका क्रममा त्यस्तो तथ्य फेला परेको हो ।

तुुलसीपुुर उपमहानगरपालिका क्षेत्रलाई बालश्रम मुक्त क्षेत्र घोषणा गरिएको भएपनि त्यो व्यवहारमा भने लागु भएको देखिएको छैन । अझैपनि बालबालिका विभिन्न अवसरबाट बचिंत पारिएका छन् भने विभिन्न खाले श्रम गर्न बाध्य पारिदै आएका छन् । बधशाला तथा फ्रेस हाउसमा अन्दाजी चौध पन्ध्र वर्षका बालकहरु श्रमको रुपमा काम गर्दै आएको तथ्य बुधवारको अनुगमनका क्रममा फेला परेको हो ।

‘महिनाभरी काम गरेपछि ३ हजार पाउँछुु,’–एकजना श्रमिक बालक सन्दिप विकले भने ‘मेरो घरमा खाने कुुरा नभएर पढ्नको लागि पैसा अभाव भएको हुँदा काम गर्न मासु मण्डीमा आएको हुँ ।’ उनले आफ्नो स्थायी घर अमेलिया भएको बताए । ‘अहिले म १३ वर्षको भए मैंले कमाएको पैसा सबै घर पठाउँछुु ।’ मधुर स्वरमा उनले भने । तुलसीपुरको मासुमण्डी कै एउटा पसलमा सल्यान कालिमाटीका १४ वर्षीय खगेन्द्र वलीपनि फ्रेस हाउसमा काम गर्दा रहेछन् । तर उनी यस्तो काममा लागेको एक साता मात्रै भएको उनले जानकारी दिए । ‘आमा–बुुवाले मदिरा सेवन गर्नुुहुुन्छ र घरमा संधै झगडा हुुन्छ , अनि मलाई घरमा वस्न पढन मन लाग्दैन । त्यही भएर घर छाडेर हिडेको हुँ ।’ बालक वलीले भने ।

उनले पारिवारीक कलह र पैंसाको अभावले ७ कक्षा पढ्दा पढ्दै छोडेको बताए । त्यस्तै मासुमण्डीमै ९ वर्षका विशाल पुुन र १२ वर्षका ललित पुुनपनि फ्रेस हाउसमा काम गर्दैै आएका छन् । विद्यालय जाने वहानामा भर्ना मात्रै गरेको तर अधिकांश समय फ्रेस हाउसमा मासुु काट्ने, हतियार सफा गर्ने, लगाएत अन्य काम गर्ने गरेको उनीहरुले बताए । ‘ यो हाम्रो बाध्यता हो । विहान बेलुुकाको छाक टार्नै प¥यो । चोर्नु भएन । बरु काम गर्नु प¥यो ।’ ललित पुनले भने । उनीहरुले पनि काम गरे बाफत महिनाको तीन हजार मासिक तलव पाउने गरेको जानकारी दिए । त्यस्तै तुलसीपुरको बधशालामा बालश्रमको अलावा बालविवाह पछि पुनः बालश्रममा संलग्न आलम पुुरैसीपनि फेला परे ।

उनले सानै उमेरमा विवाह गर्दा श्रीमतीको हेरचाहा गर्नुको साथै कमाएर जीवन निर्वाह गर्नुपर्ने बोझ थपिएको बताए । श्रम सगै सानै उमेरमा गरिएको विवाहले परिवारमा थप जिम्मेवारी वहन गर्न नसक्दा आफुु सवै क्षेत्रका सुुविधावाट वचिंत भएको उनले अनुभूति साटे । ‘ पढ्न छोडेर विगत चार पाँच वर्षदेखि यो काम गर्दै आएको छुु । अहिले विवाह गरेको पनि करीव एक वर्ष पुुग्न लाग्यो ।’ पुुरैसीले भने । त्यही फेला परेका अन्दाजी १३ वर्षका बालक अनिल चौधरीको दैनिकी पनि वधशालामा राँगा,खसी,बोका ल्याउने गाडीमा ओसार पसारको काम गरेरै वित्ने गरेको छ । निरक्षर उनलाई आफ्नो नाम समेत लेख्न नआउने उनले जानकारी दिए ।

a8e67c00e58a18c5c6fa723ef53971e51483247721

दाङको हेमन्तपुुर घर बताउने श्रमिक बालक चौधरीले सहरले नभइ कहरले आफु अरुको काम गर्न बाध्य भएको बताए । यी बालबालिका तुुलसीपुुर क्षेत्रका प्रतिनिधी पात्र मात्र हुुन् । यस्तै धेरै बालबालिका श्रम गर्न बाध्य छन् । ठुुला मान्छे सरह साना बालबालिकाले दैनिक रुपमा गर्दै आएको यस्तो कार्यले बालबालिकाको सर्वागिंण विकासमा असर पुुग्नेमा दुईमत छैन । राज्यले बालश्रम विरुद्धका कानुुनहरु प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा धेरै बालबालिकाको शारिरीक , मानसिक, भावनात्मक एवं संवेगात्मक लगायत समग्र बालविकासमा असर पुुगेको छ । बालबालिकालाई श्रममा लगाउँदा शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा हुुन्छन् ।

उनीहरूको स्वभाविक बालापनमा अवरोध सिर्जना मात्र नभई सिंगो भविष्य नै अँध्यारो बनाउँछ । शिक्षा र सिर्जनात्मक क्रियाकलापमा लाग्नुपर्ने कलिला हात र मस्तिष्क कडा श्रम गर्न बाध्य गराइनु कुनै पनि वहानामा स्वीकार्य हुन सक्दैन । तथापी बालश्रमका निकृष्ट स्वरुपहरू विश्व भरी नै एउटा ठूलो समस्याका रूपमा देखापरेको छ । विभिन्न उद्योग, व्यवसाय, कलकारखाना, रेष्टुरेन्ट, यातायात क्षेत्र, निर्माण क्षेत्र, कृषि आदि सबैजसो व्यसायिक क्षेत्रमा मात्र होइन घर–घरमा पनि बालबालिकालाई श्रममा लगाइने गरेको पाइएको छ । अधिकांश श्रम क्षेत्रहरूमा बालश्रम रहेका छन् । यद्यपी औपचारिक एवं संगठित क्षेत्र भन्दा अनौपचारिक क्षेत्रहरूमा बालश्रमिक बढी मात्रामा छरिएर रहेको जानकारहरु बताउँछन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१