ताजा अपडेट

गएराती आएको आधिबेरी र वर्षका कारण एकै घरका तिन आमा छोरी घाईते

          |   806 Views   |   Published Date : 14th June 2018 |

pidhit

देउखुरी, ३१ जेठ | गएराती परेको अविरल वर्षका कारण एकै घरका तिन जना घर परिवारका सदस्यहरु घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर २ केरूनिया निवासी राजकुमारी चौधरीको घरको छानो उडाएर घरको पर्खालले च्यापेर घाईते हुनु भएको छ । घरका परिवार सबै जना खाना खाएर सुति सकेका थियौँ, राती एक्कासी आकाश गर्जीयो र पनि प¥यो, उठेर हेर्दा घरको छानो थिएन र घरको पक्की पर्खाल हामी आमा छोरी माथि खस्यो पिडित राजकुमारी चौधरीले भन्नुभयो ।\

लमही नगरपालिका वडा नम्बर २ केरूनिया गाउँको स्कुल देखि दक्षिण तर्फ कुलोको छेउँमा हाम्रो घर छ, मलाई रमेरो छोरा लाई केहि भएको छैन,हामी ठिक छौ तर, मेरो श्रीमती र दुई सृष्टी चौधरी लाई टाउको, ढाड र खुट्टामा निकै चोट लागेको छ । श्रीमान् पुरन चौधरीले भन्नुभयो । घरमा भएको सबै सर–सामान पर्खालले च्यापेर र हिजो आएको आलिबेरीले नष्ट पारिदियो, पिडित राजकुमारी चौधरीले भन्नुभयो । घरको समान सबै लथालिङ्ग भएको छ । घरको छानो छैन, अन्नवालि, लुगाकपडा, भाडाकुडा र अन्न राख्ने भकारी समेत फुटेर नष्ट भएको छ । करिब १ लाख बराबरको क्षेती भएको छ ।

घरको छानो उढायो । पर्खाल हामी माथि खस्यो, छोराछोरीको चिल्लिविल्लि भयो । यो घटना रातीको १२ बजेको समय भएको थियौँ । गाउँका स्थायिहरुको साथ र सहयोगमा हामीहरु बाच्न सफल भयौँ, हामीहरु लाई छिमेकीले लमहीको फलोरेन्स् अस्पतालमा सम्म ल्याइ पु¥याइदिनस भयो । एउटा छोरीको खुट्टामा र ढाडमा चोट लागेको छ र अर्का छोरीको टाउकोमा निकै चोटलागको छ । र टाउकोमा ८ वटा टाका लागेको छ । यहाँहरुको आर्थिक स्थिती कमजोर भएका कारण यहाँहरुलाई २५ प्रतिशत रकम छुट गरी उपचार गरिरहेका छौ, फलोरेन्स् अस्पतालका लमहीका प्रमुख डा.पुष्प भुषालले जाकारी दिनुभयो ।

यस्तै लमही नगरपालिकाका नगर उप–प्रमुख र प्रशासकिय अधिकृत गेहेन्द्र बादुर डाँगि पिडित परिवारको स्वास्थ्यको बारेमा बुझ्न र क्षेतीको बारेमा बुझ्न घटनास्थलमा पुग्नु भएको छ । लमही नगरपालिकाले पिडित परिवार लाई राहात उपलब्ध गराउछ, यहाँहरु लाई सेवानै हाम्रो धर्म हो, नगर उप–प्रमुख देवक बेल्वासेले भन्नुभयो ।

यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ निपासी ३७ वर्षीय देउकलीको धर्ती मगरको घरको छानो पनि हावाहुरीले उढाएको छ । घरको छानो उढाएपछि, छानो च्यापेर राखेको ईट्टा र ढ्ङ्गाले च्यापेर घाईते हुनु भएको छ । काई खाटमुनी छिरे, काहि बाहिर भाग्न सफल भए, मैले लाईट बोलर हेर्दा हेर्दै मेरो जिउमा ईट्टा र ढुङ्गा खस्यो घाईते मगरले बथाउनु भयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१