ताजा अपडेट

श्रममा परेका बालवालिकालाइ शैक्षिक सामाग्री

          |   93 Views   |   Published Date : 13th June 2018 |

balbalika photo

यमकला भुसाल तुलसीपुर , जेठ | बाल सरक्षंण तथा सम्वर्दन समिति वडा ६ ले विश्व बालश्रम दिवशको अवसरमा श्रममा परेका बालवालिकाहरु शैक्षिक सामाग्री वितरण गरेको छ । न्युसिपीसी र वाल क्लवको सहकार्यमा मगंलवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि उत्त शैक्षिक सामाग्री वितरण गरेको हो ।

बाल सरक्षंण तथा सम्वर्दन समितिका सयोजंक दुजमान भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष नवराज लामीछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उत्त कार्यक्रमलाइ सम्बोधन गर्दे प्रमुख अतिथि लामीछानेले श्रममा परेका र घरको आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको बताए । अधिंकाश बालबालिकाहरु श्रममा परिरहेका छन,यसलाइ न्युनिकरण गर्न सबैजना एक हुनुपर्छ,उनले भने ।

साथै उनले आउदो वर्ष वडा नं ६ लाइ महिला तथा बालबालिकाको क्षेत्रमा नमुना वडाका रुपमा स्थापीत गर्ने उद्देश्यका साथ काम गरिरहेको समेत बताए ।

सो अवसरमा ज्ञान ज्योती प्रावीका शिक्षक मेघराज घिमीरे, बाल सरक्षंण तथा सम्वर्दन समितिका अध्यक्ष निशा लामीछाने,सदस्य यमुना पौडेल,हरिकला वलि मिया, महिला मानव अधिकारकर्मी देवा बस्नेत,सगरमाथा बाल क्लवका अध्यक्ष मदन भुसाल लगाएतले मन्तव्य व्यत्त गरेका थिए । बाल सरक्षंण तथा सम्वर्दन समिति सदस्य तथा पत्रकार निरला अर्याल गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा नं ६ का सामाजिक परिचालक नानुमैया वलिले गरेकी थिइन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१