ताजा अपडेट

व्रम्हकुमारी विश्वविद्यालयले मनायो आफ्नो २० औ वार्षिक उत्सव

          |   103 Views   |   Published Date : 13th June 2018 |

35281156_10214664829526976_4395096877888962560_n

दाङ,  जेठ ३० । व्रम्ह कुमारी इश्वरीय विश्वविद्यालय घोराही शाखाले आज आफनोै २० औ वार्षिकउत्सव दिप प्रजवलन तथा केक काटेर मनाएको छ।


व्रम्ह कुमारी इश्वरीय विश्वविद्यालय एवं क्षेत्रीय प्रशीक्षण केन्द दागकी प्रमुख संचालीका राजयोगीनी व्रम्ह कुमारी गीता दिदीको अधयक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै जिल्ला समन्वय समीती दागका जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद गौतमले व्रम्ह कुमारी संस्था जस्ता आद्यात्मीक संस्थाहरुवाट समाजमा अपराधीक क्रीयाकलाप घटन गइ समाज रुपान्तरण गर्न सकीने भएकाले यस्ता संस्थाको संरक्षणका लागी राज्यले सोच्नुपर्ने वताउनु भयो ।

दन्ड , सजायले समाजमा शुव्यवस्था कायम गर्न नसकीने भन्दै आध्यातमीक ज्ञान, चिन्तन र शिक्षा द्धारा नै व्यक्ती परिवार र समाजमा सुव्यवस्था कायम गर्न सकीने वताउनु भयो ।यस्तै कार्यक्रममा वोल्दै रेडीयो स्वर्गद्धारीका समाचार प्रमुख एवं वि वि सी संवाददाता वसुन्धरा गौतमले राम्रो कर्मवाट आफनो व्यवहार परिवर्तन गर्दे समुन्नत समाज निमार्ण गर्न सकीने वताउनु भयो । राम्रो कर्मका लागी स्वपरिवर्तननै विश्व परिवर्तनको मार्ग हो भन्ने व्रम्ह कुमारी इश्वरीय विश्व विद्यालयको मुल मन्त्रलाइ आत्मसात गरे विश्व परिवर्तन संभव रहेको वताउनु भयो ।

त्यसअवसरमा व्रम्ह कुमारी इश्वरीय विश्वविद्यालय एवं क्षेत्रीय प्रशीक्षण केन्द दागकी प्रमुख संचालीका राजयोगीनी व्रम्ह कुमारी गीता दिदीले व्रहकुमारी इश्वरीय विश्वविद्यालय एवं क्षेत्रीय प्रशीक्षण केन्द सवैको सहयोगवाट आजको अवस्थामा आइपुगेको वताउदै स्व परिवर्तननै विश्व परिवर्तनको मुल मन्त्रलाइ आत्मसात गर्दे आगामी दिनमा पनी सवैको साथ र सहयोग आवश्यक रहेको वताउनु भयो । उहाले विश्वविद्यालय कुनै जात ,वर्ग ,धर्मको नभइ आध्यातमीक विश्वविद्यालय भएको वताउदै यो सवैको लागी सदा खुल्ला रहेको वताउनु भयो ।
त्यसअवसरमा व्रम्ह कुमारी राप्ती क्षेत्रका सचीव व्रम्ह कमार शिवलाल महतराले विश्व विद्यालयले वार्षीक रुपमा संचालन गरेका विभीन्न गतीविधी का वारेमा जानकारी गराउनु भएको थियो । त्यसअवसरमा विश्वविद्यालयमा नियमीत रुपमा आउने प्रशीक्षार्थी मध्यवाट प्रथम , द्धितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रथम हुने व्रम्हकमार भ्राता टंक नाथ योगी, द्धितीय हुने व्रम्ह कुमारी माताजी दुर्गा लम्साल , तृतिय हुने व्रम्ह कुमार वुवा शरद गौतमर सान्तवना स्थान प्राप्त गर्ने व्रम्ह कुमार भ्राता मान वहादुर वुढाथोकीलाइ संस्थाको तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो।

त्यसअवसरमा सुरवि अधिकारीले आफनो खाजा खर्च कटाएर वचत गरेर राखेको २५ सय रुपैया वावको घरमा सेवा गर्ने आफनो चाहाना रहेको भन्दै संस्थालाइ २५ सय रुपैया प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण व्रम्ह कुमार माधव तीम्लसीनाले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१