ताजा अपडेट

लक्ष्मीपुरबाट ८७ जनाले लिए गर्भपतनको सेवा

          |   201 Views   |   Published Date : 13th June 2018 |

 preg

पार्वती बस्नेत दाङ,  जेठ ३० ।  गतवर्ष देखी अहिलेसम्म लक्ष्मीपुर स्वास्थ्यचौकी दाङबाट ८७जनाले गर्भपतनको सेवा लिएको सि.एन.एम रेखा अधिकारीले बताउनुभयो ।


७जना जनशक्ति रहेको स्वास्थ्यचौकीमा २०७४ साल साउन महिनामा ७ जनाले,भदौमा ६ जनाले,असोजमा ६जनाले,कार्तिकमा ९जनाले,मंसीरमा ६जना,पुसमा ७जना,माघमा ११ जना,फाल्गुणमा ७ जना,चैत्रमा ७ जनाले गर्भपतन गराएको तथ्यांक लक्ष्मीपुर स्वास्थ्यचौकी सँग रहेको छ । यसैगरी २०७५ साल बैशाखमा ९ जनाले जेष्ठको आजका मितिसम्म १२जनाले गर्भपतन गराएको तथ्यांक स्वास्थ्यचौकीमा रहेको छ । यसैगरी गतवर्ष साउन देखी अहिले सम्म गर्भपतन गराएका ८७ जना मध्येमा १८ बर्षदेखी उमेर समुहका रहेको स्वास्थ्यचौकीका सि.एन.एम रेखा अधिकारीले बताउनुभयो ।


त्यसो त गर्भपतन गराउन आउने जो कोहीलाई पनि स्वास्थ्यचौकी बाट परामर्श दिदै केहि न केहि अस्थायी साधन प्रयोग गर्न अनुरोध गर्ने गरेको बताईएपनि गर्भपतन गराउन आउने प्रायले औषधि चक्की,सुईको तुलनामा कण्डम नै अस्थायी साधनलाई रोज्ने गरेको सि.एन.एम रेखा अधिकारीले बताउनुभयो । त्यसो त नेपाल सरकारले गर्भपतनलाई कानुनि रुपमा मान्यता दिदै आएको छ तर पछिल्लो समय चेतनाको कमीकै कारण पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न थालेका संख्यामा बृद्धि हुन थालेको हो कि भन्ने आशंका रहेको सिनियर ए.एन.एम कल्पना अधिकारीले बताउनुभयो ।

स्वास्थ्यचौकीमा गर्भपतन गराउन आउदा गरिने परामर्श पछि पनि एउटै ब्यक्ति दोहोरियर आईरहनुले गर्भपतनलाई नै अस्थायी साधनको रुपमा बुझिएको हो कि भन्ने आशंका लागेको उहाँले बताउनुभयो ।

लक्ष्मीपुर स्वास्थय चौकीमा हाल परिवार नियोजन,प्रसुतिसेवा,ओपिडि,डट्स लगायतको सेवा सुबिधा सहित छिट्टै नै ल्याब सेवाको सुबिधा पनि शुरु हुने स्वास्थ्यचौकी ईन्चार्ज गोबिन्द गुप्ताले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१