ताजा अपडेट

दलित प्रति हुने विभेदका विरुद्ध लड्न उर्जा थपियो

          |   69 Views   |   Published Date : 13th June 2018 |

dalit talim

शिवु खनाल देउखुरी , जेठ | लमही नगरपालिका वडा नम्बर ८ आर्थिक सहयोग एवम् दलित महिला समूह सतबरियाको आयोजनामा संचालित दुई दिने दलित महिला शासक्तीकरण तालिमको आज समापन गरिएको छ । दलित महिला समूह सतबरियाकी अध्यक्ष रिमा विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ८ कि दलित महिला वडा सदस्य देबा परियारको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो ।

समापन कार्यक्रममा अर्का वडा सदस्य नारायणी खड्काले अब दलितहरु दबिएर बस्नु नपर्ने बताउदै आफ्नो हक र अधिकारका लागि आफुहरुले पनि साथ दिने बताउनु भएको थियो । कार्यक्रममा सहभागीका तर्फ बाट दलित महिला समुहकी लक्ष्मी बिक र झग्गु प्रसाद बिकले तालिममा धेरै कुरा सिक्न पाएको बताएका थिए । उनीहरुले दलितहरु प्रति हुने अमानविय ब्यबहार र विभेदका बिरुद्दमा लड्ने यस तालिमले उर्जा थपेको बताएका थिए ।

हिज देखि संचालन भएको तालिममा लमही नगर पालिका वडा न आठका महिला पुरुष गरि चालिस जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा निर्मल नेपाली र शन्तोष चनारा रहनु भएको थियो । समापन कार्यक्रमको संचालन प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१