ताजा अपडेट

तुलसीपुर ७ मा दलितहरुलाई झुल बितरण

          |   93 Views   |   Published Date : 13th June 2018 |

aaaaa

बिमल गौतम तुलसीपुर,३० जेठ । तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ मा दलितहरुका लागी कानुनि परामर्श तथा झुल बितरण कार्यक्रम आज सम्पन्न भएको छ । तुलसीपुर उपमहानगर पालिका साविक वडा नम्वर ३ को लक्षित वर्ग अन्र्तगत दलितहरुका लागी बिनियोजित रु ८० हजारको बजेट बाट उक्त कार्यक्रम गरिएको हो ।

सो अवसरमा साविक वडा नम्वर ३ का दलित समुदायका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अधिवक्ता बिष्णुमणि धितालले नयाँ संविधानमा दलितहरुको अधिकार तथा कानुनि ब्यवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो । तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ का महिला सदस्य चित्रा मल्लको अध्यक्षता तथा वडा अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले दलितहरुको क्षमता वृद्धिका साथै अधिकार स्थापित गर्नका लागी आफुहरु सधै लाग्ने बताउनुभयो ।

उहाँले दलित समुदायको स्तर माथि उठाउन सके मात्रै वडाको समग्र बिकास हुने भन्दै आगामि वर्षमा पनी क्षमता वृद्धिका बिभिन्न कार्यक्रमहरु गर्ने बताउनु भयो । सो अवसरमा वडा सदस्य राम बहादुर जिसी , दलित महिला सदस्य शारदा स्वर्णकार , दलित सञ्जालका संयोजक देवबहादुर विक लगाएतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा साविक वडा नम्वर ३ का ७ वटै टोलका ६५ घरधुरिलाई झुल समेत बितरण गरिएको थियो । कार्यक्रमको संचालन सामाजिक परिचालक लिना शर्माले गर्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१