ताजा अपडेट

कानुन मिच्ने प्रवृतिको अन्त्य गर्न सके सडक दुर्घटनामा कमी आउछ –न्यायाधीश पौडेल

          |   146 Views   |   Published Date : 13th June 2018 |

nyadhishaa

यमकला भुसाल तुलसीपुर,जेठ | उच्च अदालत तुलसीपुरका न्यायाधीश महेश शर्मा पौडेलले कानुन मिच्ने प्रवृतिको अन्त्य गर्न सके मात्र सडक दुर्घटनामा कमी आउने बताएका छन ।

५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुरले मगंलवार तुलसीपुरमा आयोजना गरेको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि र सवारी दुर्घटना सम्बन्धी एक दिवसीय कार्यक्रमलाई सम्बोधन गर्दे न्यायाधीश पौडेलले यस्तो बताएका हुन । ‘सर्वसाधारण देखि ठूला ठुलो व्यक्तिले पनि कानुन मिच्ने गरेका छन, कानुनको पालना गर्न बुझेको मान्छेले पनि कठिन मान्छन’ मुख्य न्यायाधीश पौडेले भने ।

उनले विदेशी मुलूकमा जेब्राक्रसीङबाट वा अन्य कुनै ठाउँबाट यात्रुले सडक पार गरे पनि सवारी चालकले उनिहरुलाई जान दिएर मात्रै आफु अगाडी बढ्ने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यायाधीश पौडेलले ट्राफिक नियम जनताकै लागी भएको भन्दै यो कुरा जनताले पनि बुझ्न जरुरी रहेको बताए ।

“हामीले जसरी सडक विस्तार गर्दे गइरहेका छौ त्यसरी नै सडक दुर्घटना पनि बढ्दै गइरहेका छन,” न्यायाधीश पौडेले भने । साउनले थै न्यायधिस पौडेलले सडक दुघर्टना कम गर्न ट्राफिक जनशक्ति पनि बढाउनु पर्ने समेत बताए ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दे विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर क्षेष्ठले सडक दुघर्टना न्युनिकरण गर्न सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताए । त्यस्तै अर्का विशिष्ट अतिथि घोराही उपमहानगरपािलकाका प्रमुख नरुलाल चौधरीले प्रत्येक घरमा ट्राफिक सचेतना सम्बन्धी जानकारी दिनुपर्ने बताए ।

५ नंं प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिक्ति महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङक उपाध्यक्ष लिला शाह, महिला रक्षक संजाल दाङका अध्यक्ष सुष्मा गिरी,तुलसीपुर उद्योग वाणिज्य सघंका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसे, नमस्ते राप्ती यातयात प्रालिका अध्यक्ष बामदेब खनाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डिएसपी पुष्पलाल मल्लले गरेका थिए ।

तीन बर्षमा दुई हजार दुई सय ९८ सवारी दुर्घटना

दाङमा आर्थिक बर्ष २०७२÷२०७३ देखि आर्थिक वर्ष २०७४÷२०७५ को हाल सम्मको अवधिमा दुई हजार दुई सय ९८ सवारी दुर्घटनामा परेका छन । ठूलाभन्दा साना सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाएको छ । तर ठूला सवारीसाधन दुर्घटना हुँदा धेरै मानवीय क्षती हुने गरेको छ ।

यस्तै तीन बर्षको अवधिमा एक हजार पाँच सय ४९ जनाले अकालमा ज्यान गुमाएका छन् । यो अवधिमा दुर्घटनामा पर्ने ट्रक,बस,कार, जीप, टयाक्टर र भ्यानको संख्या धेरै छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१