ताजा अपडेट

८० जना बालबालिकालाई क्षमता विकास तालिम

          |   49 Views   |   Published Date : 12th June 2018 |

घोराही, २९ जेठ | घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले बालबालिकाहरुको क्षमता विकास सम्बन्धि चार दिने कार्यक्रम गरेको छ । चालु आर्थिक बर्षको सामाजिक विकास कार्यक्रम अन्तरगत वडा कार्यालयले वडाका ८० जना बालबालिकालाई उनिहरुको क्षमता बिकास सम्बन्धि तालिम प्रदान गरेको हो ।

बालबालिकालाई उनिहरुको क्षमता विकास, अधिकार, सहभागिता लगाएतका बिषयमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी पाण्डे, महिला बालबालिका शाखा प्रमुख मोती विश्वकर्मा, राधा भटराईले बालबालिकालाई प्रशिक्षण दिनुभएको थियो ।

वडा अध्यक्ष रविलाल घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरुले बालबालिका भोलीको कर्णधार भएको भन्दै समयमै अधिकार, अनुशासन र जिम्मेवारीका बारेमा जानकारी गराउन अभिभाबक पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१