ताजा अपडेट

बिवादको समाधान गर्ने तरिका मेलमिलाप

          |   52 Views   |   Published Date : 12th June 2018 |

दाङ, २९ जेठ । समुदायमा हुने विवादको समाधान मेलमिलाप प्रक्रियाबाट गर्न सकेमा दिगो रुपमा विवादको समाधान हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । घोराही उप महानगरपालिका वडा नम्वर ७ ले डवरगाँउमा आयोजना गरेको सामुदायिक मेलमिलाप प्रक्रिया सम्वन्धि सचेतना तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

समाजमा हिंसा तथा विवादको सिर्जना बोली र व्यवहारबाट हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न व्यक्तीको आचरणमा पनि सुधार हुनुपर्ने उनिहरुको भनाई थियो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको तािलम समापन कार्यक्रममा सहजकर्ता तथा अधिवक्ता श्रीराम चौधरी, वडा सचिव चन्द्रबहादुर केसी, वडा सदस्यहरु छन्दबहादुर केसी, सुशिला चौधरी, सामुदायिक मेलमिलाप केन्द्रका संयोजक लौटन चौधरी, सहभागी गिरबहादुर ओली, केशरी चौधरी लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण सामाजिक परिचालक बिमल योगीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१