ताजा अपडेट

कुसुमको भिडियो सार्वजनिक

          |   106 Views   |   Published Date : 11th June 2018 |

34863452_1781996431839286_5263696628446920704_n काठमाडौं, २८ जेठ । केही समय पहिले नवकुसुम एल्मब सार्वजनिक गरेकी कुसुम दाहाल भट्टराईले फेरी अर्को नयाँ भिडियो सार्वजनिक गरेकी छन । उक्त एल्बमव समावेश एउटा गीत ‘म त गोरी गोरी छु रे ...’ बोलको गीतको भिडियो बनाएर उनले सार्वजनिक गरेकी हुन ।

उक्त एल्वमको शिर्ष गीतसँगै सबै पाँचै वटा गीतमा गीतमा संगीतकार भूपु पाण्डेको संगीत रहेको छ ।
आउँदा दिनहरुमा अन्य गीतहरुलाई पनि म्युजिक भिडियो बनाउने तयारी रहेको बताउँदै दाहालले आफूलाई अलि बढी मन परेर यस गीतको भिडियो निर्माण गरेको जानकारी दिइन् । निराजन प्रधान, आशा गौतम र कोरस फिचरिङ रहेको गीतलाई सिनेमा गीतका चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् ।

त्यस्तै सिनेमाटोग्राफर सौरभ लामाको छायांकन भिडियोमा देख्न सकिन्छ । लामाले भर्खरै रामकहानी चलचित्रको छायांकन सिध्याएका छन् । त्यस्तै नम्बर एकको स्थानमा रहेका कोरियोग्राफर गहतराज हाल उगी बुगी नृत्य प्रतिस्पर्धाको कार्यक्रममा जजको भूमिका निर्वाह गरिरहेका छन् ।
भिडियोमा भेरियसन दिन मिहिनेत गरिएको दाहालले बताएकी छिन् । डेनमार्क र नेपालका बालमन्दिर, दरबार मार्ग र डेजाभु क्लबमा छायांकन गरिएको गीत आकर्षक लाग्छ । दुई फरक फरक कोरस डान्सरहरुलाई फिचरिङ गरिएको गीत फिल्मी शैलीमा रेड क्यामराले खिचिएको छ भने सिनेमाकै भीएफएक्स र कलर ग्रेडिङ समेत गरिएको छ । दर्शकहरुलाई यस गीत मन पर्ने विश्वास गायिका कुसुम दाहालको रहेको छ ।

भिडियो निर्माणको संयोजन परञ्जय फिल्मस्ले गरेको हो । भिडियोको निर्माण नवराज भट्टराई र गृष्मा भट्टराईले गरेका हुन् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१