सहकारी नेतृत्व बिकास सम्बन्धि ५ दिने तालिम

  दाङ, २७ जेठ ।  सहकारी नेतृत्व बिकास सम्बन्धि ५दिने तालिम आज घोराहीमा सम्पन्न भएको छ ।  जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्द प्रसाद शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा आज तालिमको समापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले सरकारको योजना अनुसार नै देशभरीका सहकारीहरुले अगाडी बढ्नका लागी कामको थालनी गर्न थालेकोमा प्रशंसा ब्यक्त गर्नुभयो । नेपालीले कुनैपनि काम गर्दै जादा त्यो कामप्रतिको लगाव तथा मिहनेतको प्रभावले नै सफलता तथा असफलता प्राप्त गर्न सक्ने हुदा सम्पुर्ण सहकारीकर्मीहरुलाई सफलता प्राप्त गर्नकालागी एकबद्ध भएर काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा कृषि सहकारी संघ लिमिटेड दाङका अध्यक्ष पद्मा आर्चाय,सहभागीका तर्फवाट द्रौपदा के.सी.कृष्ण बहादुर क्षेत्रि लगायतले बोल्नुभएको थियो । ५दिन सम्म चलेको तालिमको प्रशिक्षकमा गोबिन्द प्रसाद शर्मा,शेषुराम भण्डारी,कृष्ण प्रसाद शर्मा,किरण भण्डारी,राष्ट्रिय सहकारी बैंकका नारायण बेल्बासे,शुक्रराज भण्डारी,डिभिजन सहकारी कार्यालयका प्रमुख बिनोद कुमार पौडेल रहनुभएको थियो । दिगो बिकास लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने उद्धेष्यका साथ सरकारले शुरु गरेको विभिन्न सहकारी सम्बन्धि योजना अन्र्तगत नै सहकारीकर्मीको नेतृत्व बिकासका लागी तालिमको आयोजना गरिएको थियो । नेपाल सरकार,कृषि,भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय सहकारी बिभाग काठमाडौको आर्थिक तथा प्राबिधिक सहयोगमा जिल्ला सहकारी संघ लिमिटेड घोराहीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जिल्ला सहकारी संघका सचिब कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो । … Continue reading सहकारी नेतृत्व बिकास सम्बन्धि ५ दिने तालिम