पत्रकारलाई क्रिकेट सम्बन्धि समाचार लेखन तालिम
घोराही, २६ जेठ । प्रेस चौतारी र प्रेस सेन्टर दाङले पत्रकारहरुको लागि क्रिकेट सम्बन्धि समाचार लेखन तालिम शनिवार घोराहीमा सम्पन्न गरेको छ । तालिमको उत्घाटन घोराही उपमहानगरपालिकका मेयर नरुलाल चौधरीले गरेका थिए । तालिमको उत्घाटन गर्दै चौधरीले खेल क्षेत्रको विकासको लागि उपमहानगरले लगानी विस्तार गर्ने तयारीमा रहेको बताए । उनले पत्रकारहरुले क्रिकेटको मात्र नभई सबै खेलको बारेमा जान्न आवश्यक भएको बताए । सोही कारण आफुले पत्रकारहरुले माग गरे सबै खेलको समाचार लेखन तालिम कार्यक्रम आयोजना गर्न आफु तयार रहेको बताए । प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले सामाजिक सेवा विभागका केन्द्रिय सदस्य विकिरण गौतम, पत्रकार शरद अधिकारी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, दाङ क्रिकेट संघका पुर्व अध्यक्ष किशोर चन्द्र गौतम, नपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य अजयदीप शर्मा, प्रेस युनियन दाङकी उपाध्यक्ष बसुन्धरा गौतम लगायतले आआफ्नो धारणा राखेका थिए । तालिममा सहभागि पत्रकारहरुलाई ५।५ ओभरको खेलखेलाई सोही विषयमा समाचार लेख्न लगाइएको थियो भने दाङ क्रिकेटको इतिहास, बर्तमान अवस्थाको बारेमा पनि जानकारी गराइएको थियो । तालिमको प्रशिक्षकमा दाङ क्रिकेट संघका पुर्व अध्यक्ष किशोरचन्द्र गौतम, बर्तमान अध्यक्ष प्रदिप शर्मा मजगैया, क्रिकेट प्रशिक्षक देवेन्द्रसिङ ठकुरी रहेका थिए । पे्रस सेन्टर दाङका कार्यबाहक अध्यक्ष प्रकास चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण प्रेस चौतारी दाङका सचिव प्रेमबहादुर राम्जाले गरेका … Continue reading पत्रकारलाई क्रिकेट सम्बन्धि समाचार लेखन तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed