दांगमा पहिलो पटक पोस मेसिन
दांग,जेठ २६ ।आधुनिक युगलाई प्रतिनिधित्व गर्दै समाज अगाडि बदिरहेको समयमा दांग पनि त्यही रफ्तारमा अगाडी बढ्न सुरु गरेको छ । यही क्रममा दांगमा पहिलो पटक कार्ड प्रयोग गरेर पेट्रोलियम पदार्थको उपभोग गर्ने उद्देश्यले पोस मेसिन जडान गरीएको छ ।
घोराही उपमहानगरपलिका वडा न. १३ स्थित श्री बराह क्षेत्र व्यापार सेवा प्रालिले यस्तो मेसिन जडान गरेको छ । डेविट र क्रेडिट कार्ड प्रयोग गरेरका उक्त मेसिनबाट सेवाग्राही हरुले सहज रुपमा पेरोलीयम पदार्थ आफ्नो गाडीमा हाल्न पौने छन ।
प्रलिका सँचालक दुर्लभ केसीले पांच न. प्रदेश मै पहिलो पटक सेवाग्राहीहरुलाई थप सेवा दिने उदेश्यले आफ्नो पेट्रोल पम्पमा यस्तो मेसिन जडान गरीएको बताउनु भयो । यो मेसिन जडान संगै कार्ड भएको खण्डमा खल्तीमा पैसा नभएपनि पेट्रोलियम पदार्थ भर्न पाउने छन ।
Facebook Comments



Leave a comment