तुलसीपुरमा प्रथम मेयरकप फुटबल सुरु, पहिलो खेलमा वडा नम्बर १५ विजयी

यमकला भुसाल तुलसीपुर , जेठ| तुलसीपुरमा शुक्र्रबार देखि प्रथम मेयरकप फुटवल प्रतियोगिता सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मेयरकप फुटवल प्रतियोगिता सुरु भएको हो । खेलका सयोजंक अमर नेपालीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यामा प्रतियोगीता सुरु भएको हो । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दे प्रमुख अतिथि पाण्डेले स्वस्थ र अनुसासनका लागी खेल आवश्यक रहेको बताए । उनले मेहनत र अनुसासन पुर्वक खेल खेल्न खेलाडीहरुलाइ आग्रह पनि गरे । साथै पाण्डेले अब प्रत्येक वडामा खेल मैदान बनाउने योजना रहेको समेत बताए । सो अवसरमा दाङ जिल्ला फुटवल सघंका अध्यक्ष सुशिल क्षेष्ठ,नेकपाका नेता हुकुम बहादुर बस्नेत लगाएतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए । शुक्रबार देखि सुरु भएको प्रतियोगीता जेठ ३० गते सम्म चल्ने छ । प्रतियोगीतामा प्रथम हुनेलाइ नगद ५० हजार,द्धितिय हुनेलाइ नगद ३० हजार र त्तितृय हुनेलाइ नगद २० हजार र पमाण पत्र व्यवस्था गरिएको छ । कार्यपालिका सदस्य जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण खेलकुद पत्रकार सघंका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए । उत्त प्रतियोगीतामा तुलसीपुर उपमहानगर भित्रका १९ वटै वडाका खेलाडीको सहभागिता रहको छ । यसैविच, प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर १५ विजयी भएको छ । वडा नम्बर ११ लाई १,० गोल अन्तरले वडा नम्बर १५ विजयी भएको हो । प्रतियोगितमा वडा नम्बर … Continue reading तुलसीपुरमा प्रथम मेयरकप फुटबल सुरु, पहिलो खेलमा वडा नम्बर १५ विजयी