उद्यमी बनाउन दुना टपरी बनाउने तालिम
घोराही, जेठ | घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले पलाष्टिकका बस्तुको प्रयोगमा निरुत्साहीत गर्ने उदेश्यले दुनाटपरी बनाउने तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई उद्यमी बनाउने र पलाष्टिकका बस्तुहरुको प्रयोगमा कमी ल्याउने उदेश्यले वडाका २५ जना महिलाहरुलाई वडा कार्यालयले तालिम प्रदान गरेको हो ।
बिभिन्न बनस्पतीका पातहरुबाट दुना र टपरी बनाएर बिक्रि गर्न सके आम्दानी समेत बढ्ने भन्दै महिलाहरुलाई तालिम र सचेतीकरण गरिएको वडा अध्यक्ष रविलाल घर्तीमगरले जानकारी दिनुभयो । दुना टपरी बनाउने सिप प्रदानमा रामजी चौधरी र सीता चौधरी प्रशिक्षककारुपमा रहनुभएको थियो ।
दुई दिन सिपमूलक तालिम दिइएको र दुना टपरीलाई व्यवसायी बनाउन सकिने निष्कर्षमा पुगिएको वडा अध्यक्ष घर्तीको भनाई छ । पलाष्टिकका बस्तुहरुले स्वास्थ्य र माटोमा समेत असर पु¥याउने भन्दै वडा कार्यालयले उद्यमी बनाउने र आयआर्जन गर्न सकिने भन्दै दुनाटपरी उद्योग सञ्चालनमा प्रोत्साहीत गरेको जनाएको छ । साथै वडा नम्बर १३ ले बालबालिकाको क्षमता र नेतृत्व विकास सम्बन्धी तालिम समेत सुरु गरेको छ ।
Facebook Comments



Leave a comment