ताजा अपडेट

बाल क्लवलाई नेतृत्व बिकास तालिम

          |   68 Views   |   Published Date : 9th June 2018 |

Child-News-in-rakam-1 दाङ,२६ जेठ । दाङको तुल्सीपुर उप महानगरपालिका वडा नम्वर १९ को सहयोग तथा वडा स्तरिय बाल सञ्जालको आयोजनामा शनिवार बालक्लवको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

वडालाई बालमैत्री घोषणाका लागी बाल क्लवको नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन गरिएको हो । सञ्जलाका अध्यक्ष लिलाधर नेपालीको अध्यक्षता तथा वडा सदस्य केशर पुनको प्रमुख आतिथ्यमा भएको तालिममा बालबालिकाको परिचय, बालअधिकार, बालमैत्री स्थानिय साशन, बालबिवाह न्यूनीकरण, नेतृत्व विकासका लागी चाहिने तत्वहरु लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

६० जना बालबालिकाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ ५ नम्वर प्रदेशका पार्षद बिमल योगीले गरेका थिए ।
तालिम समापन कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १९ का सामाजिक परिचालक खिमा चौधरी, सहभागीहरु पम्फा घर्ती, बेदप्रसाद सुनार, आरजु नेपाली लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सञ्जालका सहसचिव लक्ष्मिप्रसाद देवकोटाले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१