ताजा अपडेट

फ्रिडम फोरम अवार्ड विजेता चौधरीस“ग बिद्यार्थीको अन्तक्र्रिया

          |   67 Views   |   Published Date : 9th June 2018 |

Urmila in Gyanmala 1 दाङ, जेठ |  नेदरल्याण्डबाट भर्खरै ‘फ्रिडम फोरम फेयर अवार्ड २०१८’ प्राप्त गरेर फर्किनुभएकी पूर्व कमलरी उर्मिला चौधरीस“ग शुक्रबार घोराही–१७ सर्रास्थित ज्ञानमाला एकेडेमीका बिद्यार्थीहरुले अन्तक्र्रिया गरेका छन् ।


चौधरीले कमलरी जीवनदेखि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दासम्मका बिभिन्न संघर्षका अनुभवहरु बिद्यार्थीमाझ सुनाउनुभएको थियो । बिद्यार्थीहरुले चौधरीको जीवनमा यती ठूलो सफलता प्राप्त गर्न कसरी सम्भव भयो भन्ने जिज्ञासा राखेका थिए । उहा“ले निरन्तरको मेहनत, लगाव, कमलरी मुक्ती आन्दोलनको सफल नेतृत्व र जीवन बदल्ने अठोटले सफलता प्राप्त भएको अनुभव बा“ड्नुभएको थियो ।


बिद्यार्थीलाई पाठ्यक्रम बाहिरको समाज बुझाउन र सफलता प्राप्तीका लागि हौशला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको ज्ञानमाला एकेडेमीकीकी अतिरिक्त क्रियाकलाप संयोजक बिमला केसीले बताउनुभयो । बिश्व चर्चित पुरस्कार प्राप्त चौधरीको अनुभवबाट बिद्यार्थीले जीवनमा संघर्ष गर्ने प्रेरणा प्राप्त गरेको एकेडेमीका प्रिन्सिपल केशवराज गिरीले बताउनुभयो । कार्यक्रमको सहजिकरण सहायक प्रिन्सिपल महेश बस्नेतले गर्नुभएको थियो ।
मानवअधिकारका क्षेत्रमा क्रियाशिललाई प्रदान गरिने यो प्रतिष्ठित अवार्ड यसअघि दक्ष्ँिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, जर्मन चान्सलर एन्जेला मार्केल, पाकिस्तानकी बालअधिकारकर्मी मलाला युसुफजाई जस्ता बिश्व चर्चित व्यक्तीत्वले प्राप्त गरेका थिए । नेपालले पहिलोपटक उक्त पुरस्कार पाएको हो । रुजबेल फाउण्डेशनले प्रदान गर्ने उक्त पुरस्कार चौधरीले जेठ २ गते नेदरल्याण्डका पूर्व राजा विलियम एलेक्जेण्डर र रानी बिट्रिक्सको हातबाट ग्रहण गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१