ताजा अपडेट

राय सुझाव प्राप्त भएपछि सोही आधारमा अगाडी बढ्नेछौं : प्रहरी निरीक्षक डांगी

          |   294 Views   |   Published Date : 8th June 2018 |

received_2083124515345952 महेन्द्र सिंह नेपालगन्ज |वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् । राय सुझाव लिनेक्रममा इन्चार्जको रुपमा सरुवा भइ आएको तेश्रो दिनमा बिहिवार प्रहरी निरीक्षक डांगीले नेपालगञ्जका पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् ।

नेपालगञ्जका सुरक्षा चुनौतीबारे अध्ययन गरेका डांगीले सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता समेत गरेका छन् । बिभिन्न क्षेत्रका ब्यक्तिहरुसँग नगरको सुरक्षा अवस्थाबारे राय सुझाव लिदैछु, प्रहरी निरीक्षक डांगीले भने,– सबैका राय सुझाव प्राप्त भएपछि सोही आधारमा अगाडी बढ्नेछौं ।

उनले उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मिलेर नेपालगञ्जको ट्राफिक ब्यवस्थापन गरिने बताए । यसैगरी लागु औषध, मदिराजन्य र यौनजन्य विकृती नियन्त्रण गरिने बताए । नेपालगञ्जमा धेरै ग्रामिण क्षेत्र पनि भएकाले सामुदायिक केन्द्रीय कार्यक्रम पनि संचालन गरिने डांगीले बताए । सामुदायिक कार्यक्रम अन्तर्गत सामाजिक सद्भाव तथा भातृत्व विकासका कार्यक्रम अघि बढाइने उनले बताए । सबै टोलमा प्रहरी पुग्ने गरि परिचालन हुने उनले बताए

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१