मेयरकप रनिङ्ग फुटबल प्रतियोगिता शुरु , घोरही ५ धर्ना ६ गोलले बिजयी
घोराही, २५ जेठ । दाङको घोराहीमा प्रथम घोराही नगरस्तरिय मेयरकप रनिङ्ग फुटबल प्रतियोगिता–२०७५ शुरु भएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा शुक्रबार घोराहीको भरतपुर मैदानमा प्रथम नगरस्तरिय मेयकप रनिङ्ग फुटबल प्रतियोगिताको उत्घाटन गरिएको हो । कार्यक्रम उत्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले चौतर्फी विकास आयोजना जस्तै खेलक्षेत्रलाई पनि महत्वपूर्ण रुपमा हेर्नुपर्ने बताए । विकासका लागि पछिल्लो चरणमा खेल पनि समृद्धिको मुख्य आधार भएकोले घोराही उपमहानगरपालिकाले खेलक्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र खेलाडी उत्पादन गर्नुपर्ने बताए । खेलक्षेत्रमा पुरुष र महिला दुवैलाई प्राथमिकता दिनुपर्ने बताउदै प्रमुख नेपालीले खेल क्षेत्रलाई माथि उठाउँनको लागि सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालीले खेलक्षेत्रलाई विकास गर्न र खेलाडी उत्पादन गरी नमूना दाङ बनाउँनका लागि आफू सधै तत्पर रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा उद्घाटन कार्यक्रका विशिष्ट अतिथी गजेन्द्रबहादुर श्रेष्ठले दाङमा खेलक्षेत्रको विकास गरी स्थानीयस्तरका युवाहरुलाई राष्ट्रिय स्तरको खेलाडी बनान सबै लाग्नुपर्ने बताए । खेलक्षेत्रमा युवाहरुलाई प्रतिनिधित्व गर्नका लागि घोराही उपमहानगरपालिका भित्रका १ देखि १९ वटै वडा कार्यालयहरुले खेलका लागि बजेट छुट्याउने र खेलमैदान बनाई अगडि बढ्नुपर्ने बताए । खेलक्षेत्रका खेलाडीहरु जहिले पनि अनुशासित हुनपर्ने र खेलक्षेत्रमा लगानी लगाएर भएपनि खेलाडी उत्पादनमा जोडदिनुपर्ने आजको आवश्यकता रहेको समेत बताए । घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीको … Continue reading मेयरकप रनिङ्ग फुटबल प्रतियोगिता शुरु , घोरही ५ धर्ना ६ गोलले बिजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed