प्रिगाउँमा सर्पदंश बाट महिलाको मृत्यु
तुलसीपुर, जेठ । दाङको प्रिगाउँमा सर्पदंशा बाट एकजना महिलाको मृत्यु भएको छ । तुलसीपुुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँ निवासी ३५ बर्षीया दुर्गा लामिछानेको सर्पदंश बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रामप्रशाद घर्तीले जानकारी दिएका छन् ।
लामिछानेलाई विहीवार विहान ९ बजेतिर घर भित्रै विषाशु सर्पले डसेको थियो । उनलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराही पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । लामिछाने प्रावि कटाँहाको शिक्षिका हुन । उनी जागिरको सिलसिलामा माइती घरमा बस्दै आएकी थिइन । टोके लगतै सर्प दुलोमा पसेको हुँदा कुन सर्पले टोकेको हो भन्ने एकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments

Leave a comment