देउखुरीमा यात्रुबाहाक बस दुर्घटना हुदा एक जनाको मृत्यु , ३१ जना गम्भिर घाईते
शिवु खनाल
देउखुरी, २५ जेठ | जनकपुर देखि नेपालगन्ज जादै गरेको ना ५ ख १८२९ न यात्रु बाहक बस राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुदा ३३ जना यात्रुहरु घाइते भएका छन । आज बिहान् करिब साढे ६ बजे उक्त बस तिब्रगतिमा भएको कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् ।
सोही बसमा सवार जनकपुरमा बसेर स्टाफ नर्स पढ्दै गरेकी दैलेख नयाँ बजारकि तारा कार्कीका अनुशार ड्राइभरले बिस्तारै चलाउन नमानेकोले अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिइन् । दुर्घटनामा भारत लक्खिमपुरकी पाँच बर्षिय मोहम्मद नुर्बिनको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा १ जनाको ज्यान जानुको साथै ३१ जना घाइते भएका छन । उक्त बसमा ३३ जना यात्रु सवार थिए ।
खचाखच यात्रुले भरिएको उक्त बस सडक बाट खोलामा खसेको थियो । ११ जना गम्भीर घाइते, १२ जना मध्यम र सामान्य घाइते ८ जना भएका छन । घाइते मध्य २६ जनालाई कोहलपुर र ५ जनाको लमही अस्पतालमा उपचार भै रहेको छ । दुर्घटना भएको बसमा प्राय मजदुरी गरेर घर फर्किन लागेका भारतीय नागरिक भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा बस चलाकको अबस्था अज्ञात रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंहले जानकारी दिएका छन ।
घाइतेहरुको संख्या अत्याधिक भएका कारण अस्पतालमा बिरामी राख्ने ठाउ सम्म नहुदा उपचारमा समस्या आउने गरेको लमही अस्पतालकाले जानकारी दियो । लमही अस्पतालको इमर्जेन्सी मा ५ ओटा मात्र बेड छन । बिरामीको चाप बढ्यो भने बाहिर भुईमै सुताएर उपचार गर्नु पर्ने बाध्यता रहेको अस्पताल श्रोतले जानकारी दिएको हो ।

Leave a comment