ताजा अपडेट

दाङमा अझैपनि २१ जना किशोरीहरु कम्लहरी बस्न बाध्य

          |   156 Views   |   Published Date : 8th June 2018 |

hot

पार्वती बस्नेत दाङ, २५ जेठ ।   दाङ जिल्लामा अझैपनि २१जना किशोरीहरु कम्लहरी बस्न बाध्य भएको तथ्यांक आज मुक्त कम्लहरी बिकास मंञ्च दाङले सार्वजनिक गरेको छ । मुक्त कम्लहरी बिकास मंञ्च केन्द्रिय कार्यालयका अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराईएको हो ।

मंञ्चले घोराही उपमहानगरपालिकामा ७जना,तुलसीपुर उपमहनगरपालिकामा ५जना,गढवा गाउपालिकामा ४जना,लमही नगरपालिकामा २जना र राप्ती गाउपालिका ३जना गरी २१जना कमलरीहरुले अहिले पनि काम गरिरहेको तथ्यांक सार्वजनिक गरेको हो । यसैगरी अझैं पनि दाङसहित कञ्चनपुर, कैलाली, बर्दिया, र बाकेंमा गरेर ९० जना किसोरिहरु मालिकको घरमा कमलरी वस्दै आएको तथ्यांकमार्फत मंञ्चले जानकारी गराएको छ । मुक्त कमलरी सम्बन्धि निगरानि राख्ने सम्बन्धित निकाय मौन रहेकोमा मञ्चका केन्द्रिय अध्यक्ष सुनिता चौधरीले दुःख ब्यक्त गर्नुभयो भने सरकारले २०७० साल असार १३ गते मुक्त कमलरी घोषणा गरेपनि अझै त्यो कुरा कार्यान्वयनमा आउन नसकेको प्रति अध्यक्ष चौधरीले दुखभाब व्यक्त गर्नु भयो ।


यसैगरी मुक्त कम्लहरी बिकास मंञ्च दाङले मुक्त कमलरीका सवालमा उनिहरुको समसामयिक माग तथा सवालहरु पुरा गराउनका लागी आफुहरुले गर्न थालेको एक महिने कार्ययोजना बिवरण समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो भने स्थानिय तहबाट ब्यावसायिक तालिम सिपमुलक तालिमका लागि बजेट मागको सवाल, भुमि सुधार कार्यलयले मुक्त कमलरी परिचय पत्र बितरणमा गरिरहेको ढिलाई, हाल कमलरीहरु बसिरहेकाहरुको संख्या लगाएतका बिवरण सार्वजनिक गर्ने कुराहरुको बारेमा पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।
मंञ्चले दाङ,बाँके,बर्दिया,कैलाली,कंञ्चनपुर जिल्लाको जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारी समक्ष संयुक्त रुपमा बालबालिका तथा कमलरी उद्धार गर्ने तथा पुर्नस्थापना गराउने,पाँचै जिल्लाका भुमिसुधार कार्यालय घेराउ गर्ने तथा जिल्लाका भुमिअधिकारी सँग छलफका साथै अल्टिमेटम दिने,मन्त्रालयवाट नामावली स्वीकृत भएका मुक्त कम्लहरीहरुलाई अबिलम्ब परिचयपत्र बितरण गर्न ध्यानाकर्षण गराउने,५जिल्लामा रहेका ४२वटा स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई कमलरी तथा बालश्रमिकहरुको बारेमा नामावली सहितको जानकारी दिने,अषाढ १३गतेका दिन ५औ कमलरी मुक्ति दिबश आन्दोनकै रुपमा मनाउने लगायतका कार्यक्रमहरु रहेको जानकारी गराईएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण मुक्त कमलरी बिकास मंञ्चका कार्यक्रम प्रबन्धक बिरबहादुर नेपालीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१