तुलसीपुरमा हुन लागेको मेयरकप फुटबल प्रतियोगिताको तयारी पुरा
खेलका सयोजंक अमर नेपालीले शुक्रवार दिउसो २ बजे तुलसीपुरका मेयर घनश्याम पाण्डले खेलको उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए । प्रतियोगीतामा १९ वटै वडाका १९ वटा टिम सहभागी हुने उनले बताए । प्रतियोगीतामा प्रथम हुनेलाइ नगद ५० हजार,द्धितिय हुनेलाइ नगद ३० हजार र त्तितृय हुनेलाइ नगद २० हजार र पमाण पत्र व्यवस्था गरिएको खेल सयोजंक नेपालीले बताए । प्रतियोगितामा ६ दिनसम्म चल्ने छ ।
यसैबिच यहि जेठ २६ र २७ गते तुलसीपुरमा हुन लागेको साहित्यीक उत्सव कार्यक्रमको पनि सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पर्यटन र विकासलाइ साहित्यका विभिन्न विधामा जोड्न र साहित्यकै माध्यमले आम जनतालाई विकासको मुल प्रवाहमा ल्याउयने उद्देश्यले साहित्यिक उत्सवको आयोजना गरिएको उक्त कार्यक्रमका सयोजंक देवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रतिष्ठित साहित्यकार र लेखकहरुलाई बोलाइएको छ ।
रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार वसन्त विवस आचार्यले गरेका थिए भने धन्यावाद ज्ञापन वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहले गरेका थिए ।



Leave a comment