ताजा अपडेट

मेयरकप रनिङ्ग फुटबल प्रतियोगिता शुरु , घोरही ५ धर्ना ६ गोलले बिजयी

          |   515 Views   |   Published Date : 8th June 2018 |

34689875_912518542266551_2212618609455267840_n

घोराही, २५ जेठ । दाङको घोराहीमा प्रथम घोराही नगरस्तरिय मेयरकप रनिङ्ग फुटबल प्रतियोगिता–२०७५ शुरु भएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा शुक्रबार घोराहीको भरतपुर मैदानमा प्रथम नगरस्तरिय मेयकप रनिङ्ग फुटबल प्रतियोगिताको उत्घाटन गरिएको हो ।


कार्यक्रम उत्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले चौतर्फी विकास आयोजना जस्तै खेलक्षेत्रलाई पनि महत्वपूर्ण रुपमा हेर्नुपर्ने बताए । विकासका लागि पछिल्लो चरणमा खेल पनि समृद्धिको मुख्य आधार भएकोले घोराही उपमहानगरपालिकाले खेलक्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र खेलाडी उत्पादन गर्नुपर्ने बताए । खेलक्षेत्रमा पुरुष र महिला दुवैलाई प्राथमिकता दिनुपर्ने बताउदै प्रमुख नेपालीले खेल क्षेत्रलाई माथि उठाउँनको लागि सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालीले खेलक्षेत्रलाई विकास गर्न र खेलाडी उत्पादन गरी नमूना दाङ बनाउँनका लागि आफू सधै तत्पर रहेको बताए ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा उद्घाटन कार्यक्रका विशिष्ट अतिथी गजेन्द्रबहादुर श्रेष्ठले दाङमा खेलक्षेत्रको विकास गरी स्थानीयस्तरका युवाहरुलाई राष्ट्रिय स्तरको खेलाडी बनान सबै लाग्नुपर्ने बताए । खेलक्षेत्रमा युवाहरुलाई प्रतिनिधित्व गर्नका लागि घोराही उपमहानगरपालिका भित्रका १ देखि १९ वटै वडा कार्यालयहरुले खेलका लागि बजेट छुट्याउने र खेलमैदान बनाई अगडि बढ्नुपर्ने बताए । खेलक्षेत्रका खेलाडीहरु जहिले पनि अनुशासित हुनपर्ने र खेलक्षेत्रमा लगानी लगाएर भएपनि खेलाडी उत्पादनमा जोडदिनुपर्ने आजको आवश्यकता रहेको समेत बताए ।

34818794_912518535599885_1082299417488261120_n

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा पूर्व खेलाडी केदारराज श्रेष्ठ, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । घोराही उपमहानगरपालिकाका ७ नं. वडा अध्यक्ष तथा खेल संयोजक खोपिराम चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण घोराही उपमहानगरपालिकाका १५ नं. वडा अध्यक्ष रमेश पाण्डेले गरेका थिए । जेठ २५बाट सुरुभएको प्रथम घोराही नगरस्तरिय मेयरकप रनिङ्ग फुटबल प्रतियोगिता असार ११ गतेसम्म चल्ने आयोजकले बताएको छ ।

घोरही ५ धर्ना ६ गोलले बिजयी

यसैक्रममा आज बिहान् भएको मेयरकप फूटबलमा घोरही ५ धर्नाले घोराही ८ लाई छ गोलले पराजित गरेको छ | वडा नम्बर ५ ले वडा नम्बर ८ लाई शून्यका बिरुद्ध ६ गोलले पराजित गरेको छ ।
वडा नम्बर ५ का खेलाडी नविन बस्नेतले ३, पूर्ण नेपाली, कबिराज डाँगी र राजु डिसीले एक एक गोल गर्नुभएको हो । प्रतियोगिताको दोस्रो खेले भोली विहान ७ बजे वडा नम्बर १९ र वडा नम्बर १० का खेलाडीहरु बिच प्रतिस्पर्धा हुने छ । त्यसैगरी तेस्रो खेल भोली दिउसो ३ बजे वडा नम्बर १ र ११ बिच हुने छ भने बेलुका ५ बजे वडा नम्बर ४ र वडा नम्बर १७ बिच खेल हुने तालिका रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१