ताजा अपडेट

प्रेम शर्माको .. लाको माया छोडेर का जाम्ला

          |   332 Views   |   Published Date : 8th June 2018 |

34605928_1778369238868672_1172316236885786624_n घोराही, २५ जेठ । दाङका चर्चित लोक तथा दोहोरी गायक प्रेम शर्माले लाको माया छोडेर का जाम्ला नामक नयाँ गीती संग्रह भर्खर बजारमा ल्याएका छन । गायक प्रेम शर्मा र डोल्मा लामिछाने मगरको स्वरमा रहेको नयाँ गितिसंग्रह भर्खरै युटुसब मार्फत सार्वजनीक भएको छ ।


विगत एक दशक यतादेखि संगितक्षेत्रमा लागेका दाङगाली लोक तथा दोहोरी गायक प्रेम शर्माले नयाँ लोकदोहोरी गीत ‘लाकोमाया छोडेर का जाम्ला’ सर्वजनिक गरेका हुन । वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्माको शब्द, शिव हमाल र कृष्ण रेउँले थेगो लय रहेको उत्त गितीसंग्रह सम्झना डिजीटलले बजारमा ल्याएको हो ।


उक्त गीतलाई सम्झना डिजीटलले आफ्नो आधिकारी युटुब च्यानलबाट सार्वजनीक गरेको गायक शर्माले जानकारी दिए । युट्युवमा गिती सार्वजनीकभएको तीन दिन भित्रै झण्डै पाचँ हजार भ्युज पाईसकेको छ । भ्याउँरे भाकामा रहेको उत्त गीत दर्शकहरुले धेरै नै मन पराईएको शर्माले बताए । ‘उत्कृष्ट शब्द, संगित र स्वरको समायोजन भएको हुनाले दर्शहरुले सर्वाधीक मनपराई दिनुहुनेछ भन्ने आशा गरेको उनले बताए ।
गायक शर्माले उक्त गीतको उत्कृष्ट भिडियो समेत तयार पारिसकेका छन जसको मोडल पिएन सापकोटा र डोल्मा लामिछाने मगर रहेका छन । छोटो भुमिकामा गायक शर्मा स्वयम पनि देखिएका छन । ।
करिव २०६२ साल देखि सक्रिय रुपमा गीत संगित क्षेत्रमा लागेका शर्माले यस अघि बसिसक्यो माया, मुग्लान छिरौला, मायालाई बोलाको हेर, जान्छु परदेश, भेट भएन लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।
राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ जिल्लाको बर्तमान अध्यक्ष समेत रहेका शर्माले गीत संगित क्षेत्रमा टेवा पुर्याएको भन्दै विभिन्न लोक दोहोरी पुरुस्कार एवम सम्मान पाइसकेका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१