ताजा अपडेट

तुलसीपुरमा हुन लागेको मेयरकप फुटबल प्रतियोगिताको तयारी पुरा

          |   610 Views   |   Published Date : 8th June 2018 |

kheln-1

यमकला भुसाल तुलसीपुर, जेठ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि तुलसीपुरमा हुन लागेको मेयरकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बिहीवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी दिइएको हो । त्यसमा तुलसीपुरका १९ वटै वडाका खेलाडीको सहभागिता रहने जानकारी दिइएको छ ।

खेलका सयोजंक अमर नेपालीले शुक्रवार दिउसो २ बजे तुलसीपुरका मेयर घनश्याम पाण्डले खेलको उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए । प्रतियोगीतामा १९ वटै वडाका १९ वटा टिम सहभागी हुने उनले बताए । प्रतियोगीतामा प्रथम हुनेलाइ नगद ५० हजार,द्धितिय हुनेलाइ नगद ३० हजार र त्तितृय हुनेलाइ नगद २० हजार र पमाण पत्र व्यवस्था गरिएको खेल सयोजंक नेपालीले बताए । प्रतियोगितामा ६ दिनसम्म चल्ने छ ।

यसैबिच यहि जेठ २६ र २७ गते तुलसीपुरमा हुन लागेको साहित्यीक उत्सव कार्यक्रमको पनि सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पर्यटन र विकासलाइ साहित्यका विभिन्न विधामा जोड्न र साहित्यकै माध्यमले आम जनतालाई विकासको मुल प्रवाहमा ल्याउयने उद्देश्यले साहित्यिक उत्सवको आयोजना गरिएको उक्त कार्यक्रमका सयोजंक देवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रतिष्ठित साहित्यकार र लेखकहरुलाई बोलाइएको छ ।

रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार वसन्त विवस आचार्यले गरेका थिए भने धन्यावाद ज्ञापन वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१