ताजा अपडेट

दाङको जेम्समा कविता प्रतियोगिता

          |   135 Views   |   Published Date : 8th June 2018 |

vgotbs5apmh

जीत सागर जीएम

घोराही, २५ जेठ | दाङको घोराहीमा रहेको गोदावरी इंलिस मिडियम स्कुल जेम्सले आज कविता प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले मेरो देश शिर्षकमा कविता प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा मावितर्पm कक्षा १० की छात्रा दुवी पुरी प्रथम, कक्षा ८ की महिमा महतारा द्धितिय र कक्षा १० की छात्रा दिक्षा जिएम तृतिय हुनुभएको थियो ।

त्यस्तै कक्षा २ की छात्रा एलिशा गिरी प्रथम, कक्षा ५ की अरुणा डाँगी द्धितिय र कक्षा ५ की संरचना जिएम तृतिय हुनुभएको थियो । विद्यालयमा पूर्वप्रावितर्फ भएको गायन प्रतियोगितातर्फ युकेजीका अक्सिजन सुनार प्रथम, प्रदिप केसी द्धितिय र एलिना सुनार तृतिय हुनुभएको थियो । त्यस्तै एलकेजीमा रुपा रोका प्रथम, र्डाबिन जि.एम. द्धितिय र सुवास घर्ती तृतिय तृतिय हुनुभयो ।

त्यस्तै नर्सरी तर्फ बिवेक रोका प्रथम, विवस गिरी द्धितिय र मिलन पुन तृतिय हुनुभएको थियो । प्रतियोगितामा बिजयीलाई विद्यालयको वार्षिक उत्सवमा पुरस्कृत गरिने विद्यालयका प्रिन्सिपल बिष्णुप्रभात दाहालले बताउनुभयो ।

विद्यालयका भाइस प्रिन्सिपल श्रीधर भावुकको अध्यक्षतामा भएको कार्यक्रमको निर्णायकमा विद्यालयका शिक्षिका अनिता चलाउने, शिक्षक गोविन्द नेपाली र विकल्प अधिकारी रहनुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका लेखाप्रमुख शेषमणि शर्माले गर्नुभएको विद्यालयका भाईस प्रिन्सिपल श्रीधर भावुकले जानकारी दिनुभयो ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१