ताजा अपडेट

आज देखी घोराहीमा मेयर कप रनिङ फुटवल प्रतियोगिता

          |   263 Views   |   Published Date : 8th June 2018 |

34660733_912272492291156_770361315783868416_n

घोराही,  जेठ | घोराहीउपमहानगरपालिकाको आयोजनामा शुक्रबार देखीप्रथमघोराहीनगरस्तरीय मेयर कप रनिङ फुटवलप्रतियोगिता २०७५हुने भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएको समेत प्रतियोगितामुल समितिले जनाएको छ । घोराहीउपमहानगरपालिकाभित्र रहेका १९ वटै वडाबाट एक एकटिमप्रतियोगितामा सहभागिहुने छन् ।

शुक्रबार देखी सुरु हुने प्रतियोगिताअसार ११ गते सम्मचल्ने छ । लिगकमनकआउटबाट खेलाईने प्रतियोगितामाप्रथमहुनेलाई एक लाख रुपैयाँनगद सहितकप र प्रमाणपत्रप्रदानगरिने छ भने दोस्रो हुनेलाई ५० हजार नगद सहितकप र प्रमाणपत्रप्रदानगरिने छ । प्रतियोगिताको उद्घाटनपूर्ब भोलीविहान साँढे सात बजे देखीप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । वडानम्बर १४ र १५ मा रहेकाटोल विकास संस्थाहरु सहितको प्रभातफेरी गरिने प्रभातफेरी उपसमितिका संयोजकडिलिपडिसीले जानकारी दिनुभयो ।

उपमहानगरको कार्यालयबाट सुरु हुने प्रभातफेरी भानुचोक, न्यूरोड, दामोदर चोक, बैंक रोड, रझेनाचोक, निमाहल रोड, क्यापस रोड हुदै भरतपुर खेल मैदानमापुग्ने छ । प्रतियोगिताको जिल्ला समन्वय समितिकाप्रमुखजितेन्द्रमान नेपालीले उद्घाटनगर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजकखोपीरामचौधरीले जानकारी दिनुभएको छ । प्रतियोगिता सञ्चालनकालागि दाङ जिल्लाफुटबल संघले समन्वय र प्राबिधिक सहयोग गर्ने छ ।

खेल क्षेत्रको विकास र खेलाडीहरुको उत्साहकालागिउपमहानगरले प्रतियोगिताकोअभ्यास थालेको नगर प्रमुखनरुलालचौधरीले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१