ताजा अपडेट

राप्तीमा अन्तर स्थानिय तह राजश्व परामर्श

          |   131 Views   |   Published Date : 7th June 2018 |

34666129_1777446725627590_2281116100806574080_n दाङ, २४ जेठ । देउखुरी क्षेत्रका तीन स्थानिय तह राप्ती गाउँपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकाको राजश्व तथा करको अवस्थाको वारेमा मसुरीयामा छलफल गरिएको छ ।

राप्ती गाउँपालिका राजश्व परामर्श समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा छिमेकी स्थानिय तहमा राजश्व तथा करको अवस्थालाई एकरुपता ल्याउने वा के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिए ।


छलफल कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, लेखापाल धर्मराज वली, नायव सुब्वा गिरधारीप्रसाद पन्त, सह लेखापाल रेशमराज अधिकारी, लमही नगरपालिकाका उपाध्यक्ष देवका बेल्वासे, अधिकृत रमेश चन्द, गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वली , नायव शुब्वा बुद्विराम चौधरी लगायतको सहभागीता रहेको थियो ।
छलफलमा तीनैवटा स्थानिय तहका नागरिकलाई मर्का नपर्ने गरि राजश्व तथा करको दर निर्धारण गर्न आगामी गाउँ तथा नगर सभामा सुझाव लैजाने गरि निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१