मोहन विक्रमको फाल्गुन २४ को च्यारीटी सो हुने

घोराही, २४ जेठ । नेकपा मसालका महामन्त्री मोहोन विक्रम सिह द्धारा लिखित ऐतिहासिक घटनामा आधारित नेपाली कथानक चलचित्र फाल्गुन २४ यहि जेठ २६ गतेका दिन दिउसो १२ बजे देखि घोराहीका गणेश चित्रालयमा प्रर्दशन हुने भएको छ । राष्टिय जनमोर्चा दाङको आयोजनामा उक्त च्यारिटी सो गर्न लागिएको हो । गत २०१० सालमा मोन विक्रम आफैले नेतृत्व गरेर प्युठानमा गरिएको किसान आन्दोलनमा आधारित कथावस्तुलाई उक्त चलचित्रमा उतारिएको छ । सत्य कथामा आधारित उक्त चलचित्रमा नारायण योगी, मधु क्षेत्रि लगायतका कलाकारहरु रहेका छन । भने चलचित्रको निर्देशक हेमराज आश्रम र निर्माण रक्तिम सास्कृतिक अभियान काठमान्डौ महानगरले गरेको छ । च्यारिटी सोमा सहभागि हुनको लागि विशेष टिकट समेत विक्रि समेत भैरहेको राष्टिय जनमोर्चाका निर्वतमान अध्यक्ष रेशम विसीले जानकारी दिए । उक्त च्यायारी सोमा टिकटको मुल्य एक हजार, ५ सय, ३ सय र २ सय रहेको छ । टिकटको लागि जनमोर्चा दाङका निर्वतमान अध्यक्ष रेशम विसीको फोन न ९८४७८२६२०९, रामबहादुर जिएमको फोन नम्वर ९८५७८३०९६६, कृष्णा रानाको फोन नम्वर ९८४७८२७३८३, मिनु सुवेदी ९८४४९९६४०३ र नारायणपुर क्षेत्रमा खिमबहादुर वली ९८४७८२२७८९ मा सम्पर्क गर्न सकिने राष्टिय जनमोर्चाले जनाएको छ । Facebook Comments