तुलसीपुरमा स्मार्ट हेल्थ कार्यक्रमको सुरुवात
तुलसीपुर , जेठ । तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट हेल्थ कार्यक्रमको सुरुवात भएको छ । स्वास्थ्य मन्त्रालय र आमाको माया कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम लागु हुन लागेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रवहादुर केसीले स्वास्थ्य केन्द्रका प्रमुखहरुलाई ट्याबलेट वितरण गरेर कार्यक्रमको सुरुवात गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले स्मार्ट हेल्थ कार्यक्रमले मातृशिशु मृत्युदर घटाउन मद्दत गर्ने वताए । उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको वताउँदै उनले समग्र उपमहानगरका मानिसहरु स्वस्थ रहुन् भन्नका लागि अन्य कार्यक्रमहरु पनि ल्याइने वताए ।
आमाहरुलाई स्वस्थ वनाउनु स्थानीय निकायको दायित्व भएको वताउँदै केसीले भने “स्वस्थ वनाउनु हामी सबैको दायित्व हो, स्वास्थ्यकर्मीहरुले सधै स्वास्थ्य सम्वन्धि जनचेतना जगाउन पर्दछ ” उनले भने ।
तुलसीपुर उपमहानगरपालिकाले प्रविधिका माध्यमबाट सुत्केरी महिलाहरुको तथ्यांक संकलन गर्न र समय समयमा स्वचालित सन्देश सम्प्रेषण गर्नका लागि आमाको माया कार्यक्रम लागु भएको हो । अव स्वास्थ्य केन्द्रका कर्मचारीहरुले सोही सफ्टवेयरबाट सुत्केरी महिलाहरुको विवरण संकलन गर्नेछन् । तुलसीपुर उपमहानगरपालिका भित्र सुत्केरी हुने महिलाहरुको विवरण संकलन भएपछि उनीहरुलाई सन्देश आफै जानेछ ।
तुलसीपुर स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सह संयोजक विष्ण्ुा गिरीले गरेका थिए ।

Leave a comment