ताजा अपडेट

तुलसीपुरमा बृहत साहित्य उत्सव हुने

          |   155 Views   |   Published Date : 7th June 2018 |

34586073_1888688387862058_987718963410501632_n घोराही, २४ जेठ । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तुलसीपुरमा यही जेठ २६ र २७ गते बृहत साहित्यक उत्सव हुने भएको छ ।  तुलसीपुर उपमहानगरपालिका साहित्यकला समितीले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो ।

कला साहित्य समितीका संयोजक देवराज विश्वकर्माले दिएको जानकारी अनुसार साहित्य कार्यक्रमको शनिवार विहान ९ बजे उत्घाटन गरिने छ भने विभिन्न साहित्यीक विषयवस्तुमा बहस गरिने छ । संयोजक विश्वकर्माले दिएको जानकारी अनुसार साहित्यमा अवको विकास विषयमा लेखक हरि रोका, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र रमेश अधिकारीले वहस गर्ने छन । जुन कार्यक्रमको समय २६ गते विहान ११ देखि १२ बजेसम्म तुलसीपुरको एकान्त होटेल तोकिएको छ ।

त्यस्तै आजका नेपाली कविताको विषयमा साहित्यकार रमेश क्षितिज, नारायण नेपाल, प्रमोद धितालले वहस गर्ने छन जसको समय सोही होटेलमा दिउसो २ देखि ३ बजेसम्म तोकिएको छ । त्यस्तै साहित्य लेखन किन, कसरी वर कसलाई भन्ने विषयमा चर्चित साहित्यकार अमर न्यौपाने र शिवानी सिह थारुले वहस गर्ने छन । जसको समय २७ गते विहान ८ बजे देखि ९ बजेसम्म हुने छ भने कार्यक्रम स्थल गोर्खा स्कुल तुलसीपुर तोकिएको छ । यस्तै अक्षरमा दुख भन्ने विषयमा चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो प्रस्तुती दिने छन भने यसको समय दिउसो १२।१५ देखि १।१५सम्म तुलसीपुरको होटेल एकान्तमा तोकिएको छ ।
साहित्य कार्यक्रममा केही, गजल केही कविता विषयमा पनि राखिएको छ । जसमा गजल कविताहरु सुन्ने सुनाउने कार्यक्रम रहेको छ । उक्तकार्यक्रमको समय जेठ २६ गते दिउसो ५ः १५ देखि ६ः३० तोकिएको छ ।
यस्तै साहित्य उत्सव कार्यक्रममा दाङको साहित्य र संस्कृतिक पहिचानको विषयमा असोक थारु, टिकाराम उदासी र डाक्टर गोविन्द आचार्यले वहस गर्ने छन । जसको समय जेठ २७ गते तुलसीपुरको गोर्खा स्कुल तोकिएको छ ।
दाङका रहेका कला साहित्यको जगेर्ना तथा जिल्लामा क्रियाशिल साहित्यकारहरुलाई ठाउँ दिने उद्देश्यले यस प्रकारको कार्यक्रमको आयाजना गरि आयोजकले जनाएको छ ।
कार्यक्रममा बरिष्ठ साहित्यकार टिकाराम उदासीले साहित्य सबै आम जनताको सम्पति भएको र स्थानिय तहले यस्ता कार्यक्रमको आयोजना गरेर जनताको सम्पत्ति रक्षाको प्रयास थालेको बताए । उनले यस्ता साहित्यक उत्सवले साहित्यमा कलम चलाउनेलाई उर्जा मिल्ने धारणा राखे ।
तुलसीपुर उपमहानगरपालिका साहित्य कला संयोजक देवराज विश्वकर्माको अध्यक्षता एवम पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमको सहजिरकण उपमहानगरका साहित्य कला सदस्य सचिव वसन्त विवश आर्चायले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१