ताजा अपडेट

चोर्दै, कर छल्दै

          |   168 Views   |   Published Date : 6th June 2018 |

baluwa-photo

रिता लामा घोराही, २३ जेठ । जिल्ला समन्वय समिती दाङले नदिजन्य पदार्थको अवैध उत्खनन गरेको भन्दै यस आर्थिक बर्षमा ३ सय ९९ वटा सवारी साधनलाई कारवाही गरेको छ । नदिजन्य पदार्थ अवधै उत्खननलाई पुर्ण निरुत्साहित पार्ने भन्दै समितीले निरन्तर अनुगमनको क्रममा यती धेरै मात्रामा सवारी साधनहरु कारवाही गरेको हो ।

पक्राउ पर्नेमा ३ सय ४९ टेक्टर, २४ टिप्पर र २६ जेसिवि छन । जसलाई कारवाही गरेर २८ लाख ५० हजार जरिवाना राजश्व पनि उठेको छ । पछिल्लो समय नदिजन्य पदार्थको अवैध उत्खनन अत्यधिक बढेको छ भन्ने एउटा राम्रो उदाहरण माथि उल्लेखित कारवाहीको तथ्याङ्क पनि हो । सरकारलाई तिर्नुपर्ने करछलिका लागि गरिने चोरीहरु अन्य स्थानको तुलनामा नदिजन्य पदार्थ उत्खननमा धेरै छन ।


जिल्ला समन्वय समितीले मंगलवार आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै जिल्ला समन्वय समितीका प्रमुख जितेन्द्रमान नेपालीले नदिजन्य पदार्थ उत्खननमा डरलाग्दो तरिकाले ठुलो शक्ति सक्रिय भएर लागेको बताए । पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘अहिलेसम्म प्राकृतिक स्रोत साधनको उपयोगमा राज्य दुव्लाउने र व्यक्ती मोटाउने काम भैरहेको थियो ।’ उनले अगाडी थपे ‘हामीले यसलाई तोड्ने प्रयास मात्र गरेका हौ ।’

उत्खननमा सक्रियहरु प्राय पुजिँवाला वर्गको भएको र उनीहरुसँग पावर र पैसा दुवै हुँदा अहिलेसम्म उनीहरुको सामु राज्य निरिहि बनिरहेको उनले बताए । राज्य पहिले देखि नितिनियमका साथ कडा रुपमा प्रस्तुत भएको भए अवैध कारोवारीले प्रसय नपाउने उनको भनाई थियो । नदिजन्य पदार्थको बजार मुल्य धेरै छ । सोही कारण चोर्दै र कर छल्दै गरेकाहरु अझै सक्रिय भैरहेको उनले बताए । ‘नदिजन्य पदार्थ उत्खनन गर्नेहरु प्राय कमाउ धन्दामा लागेका छन ।’ उनले भने ‘धेरै कमाइ हुने हुदा प्राय पुजिपतिहरु यस कार्यमा सक्रिय भएको हुदा तल देखि माथिसम्म सेटिङ मिलाउने काम उनीहरुबाट भैरहेको छ ।’ आफुहरुलाई सवारी साधन कारवाहीको क्रममा निकै धाक धम्की समेत आएको उनले बताए ।
यस्तै पत्रकारहरुसँग कुरा गर्दै जिल्ला समन्वय समितीका उपप्रमुख श्रीधर शर्मा पौडेलले अवैध उत्खनन गर्न पल्केकाहरुले भनेको ठाउँ भन्दा अनेत्रैबाट उत्खनन गर्ने, एक मिटर भनेको ठाउँमा दुइ मिटर उत्खनन गर्ने काम पनि भैरहेको बताए । ‘राज्यलाई पहिले देखि कर छलि गर्न पल्केकाहरु अझै पनि त्यही ध्याउन्नमा छन ।’ उनले भने ‘तर हामीले ठेक्का विना उत्खनन गर्ने पद्धतिलाई तोड्ने कार्यमा करिवकरिव सफल भएका छौ ।

’ अहिलेसम्म आफुहरु अवैध उत्खनन गर्नेहरु मध्य ९० प्रतिशतलाई कारवाहीको दायरालामा ल्याइसकेको उनले बताए । अहिलेसम्म प्राय गरि देउखुरीका विभिन्न खोलाहरुबाट वालुवा जन्य पदार्थहरु र घोराहीको सिस्नेखोला सिरानतिर ढुङ्गाजन्य पदार्थ बढीभन्दा बढी चोरी भैरहको उनले जानकारी दिए । त्यस्तै तुलसीउपमहानगर भित्र पर्ने पातुखोलाबाट पनि बढीबन्दा बढी नदिजन्य पदार्थ चोरी भैरहेको छ ।
जिल्ला समन्वय समितीले अहिलेसम्म सरकारले नदिजन्नय पदार्थको उत्खनन र संरक्षणमा दिएको अधिकार प्रयोग गरि आइइ र इआए गरेर जिल्लाका २२ स्थानमा ठेक्का सम्झौता गरेको छ । भन जिल्ला समन्य समितीको सिफारिसमा गढवा १ जेठानगाउँमा २० हजार घनमिटर, लमही भटेनीयामा २० हजार, लमही गढवा तकियापुरमा २० हजार, लमही पुल तल १ लाख ८० हजार, मध्यनगर क्षेत्रमा १ लाख र ग्वारखोलाको इट्टा भट्टा पश्चिम तिर ३६ हजार २०० घनमिटर उत्ख्नन इजाजत दिएको छ । समितीले जसबाटट अहिलेसम्म १ करोड, ९६ लाख २२ हजार ४० रुपैया राजश्व संकलन गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१