लमही अस्पताललाई व्यवस्थित गर्न नगरपालिकाको एक्सन
देउखुरी,जेठ । केहिदिन देखि लमही अस्पताल काम कारवाही चित्तवुझ्दो नभएपछि लमही नगरपालिका सेवा प्रभावकारी बनाउन पहल थालेको छ । लमही अस्पतालको फार्मेसी सेवा बन्द भएको, चौविसै घण्टा सेवा सुविधा नपाएको,ल्याव सेवा दश देखि चार बजे सम्म मात्रै संचालन नभएको लगायतमा जनगुनाशो वढेपछि स्थानिय तहले आफ्नो सकृयता देखाएको हो । लमही अस्पताललाई व्यवस्थित गरि चौविस घण्टा सेवा स्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यका साथ स्थानीय तहले सकृयता बढाएको लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले जानकारी दिनुभयो । हामी लामो समय देखि अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउन प्रयत्न गरिरहेका थियौ । अस्पताल व्यवस्थापन समितिको बैठक वाट आज वाटै सेवा थप प्रभावकारी बनाउने गरि काम थाल्ने निर्णय भएको छ । नगर प्रमुख केसीले भन्नुभयो । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका पदेन सदस्य रत्नप्रसाद श्रेष्ठले संघले विगतर्मा सर्पदंश स्थापनाको लागि आयोजना गरेको रमाइलो मेला वाट संकलन भएको रकम वाट सर्पदंश उपचार केन्द्र यथासिघ्र संचालनमा ल्याउने बताउनुभयो । लमही अस्पतालको हाताभित्र सर्पदंश उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको जानकारी दिदै श्रेष्ठले मेला वाट संकलन भएको चार लाख ९५ हजार रुपैयाँ सर्पदंश उपचारकेन्द्रमा लगाउने जानकारी दिनुभयो । यसैगरी लमही अस्पतालका डाक्टर विमलेशकुमार गुप्ताले अस्पताल वाट दिइने सेवा सुविधा प्रभावकारी बनाउने आफूहरुको दायित्व सम्झेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालमा आवश्यक दरवन्दी पूर्ण … Continue reading लमही अस्पताललाई व्यवस्थित गर्न नगरपालिकाको एक्सन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed