देशमा अझै दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक : अध्यक्ष बुढा
दाङ, १९ जेठ । घोराही उपमहानरपालिका वडा नं. १६ का अध्यक्ष लक्षिनप्रसाद बुढाले देशलाई आवश्यक पर्र्ने दक्ष जनशक्ति दाङमै उत्पादन गर्ने बताएका छन । स्थानीय स्तरका प्राविधिक जनशक्ति उत्पादनको लागि राप्ती ईन्जिनिएरिङ कलेजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढाले यस्तो बताएका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष बुढाले राप्ती ईन्जिनिएरिङ कलेज सबैको साझा सम्पति भएको बताउँदै प्राविधिक जनशक्ति उत्पादनका लागि कलेजले महत्वपूर्ण भुमिका निर्वाह गरेको धारणा राखे । देशमा शैक्षिक बेरोजगारको समस्या व्याप्त भएको अबस्थामा राप्ती ईन्जिनिएरिङ कलेजबाट उत्पादित जनशक्ति देशमा विभिन्न स्थानमा रोजगारको सिलसिलामा जोडिएको उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथी, वडा सदस्य जगत श्रेष्ठ, पद्मोदय उच्च माध्यामिक विद्यालय भरतपुरका सह –प्राचार्य लोकबहादुर बस्नेत, पूर्व सभासद् सीता विक, शक्तिटोल विकास संस्थाका अध्यक्ष लीलाधर खड्का, राप्ती ईन्जिनिएरिङ कलेज टोल विकास संस्थाका खिमबहादुर नाथ लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमाका बारेमा राप्ती ईन्जिनिएरिङ कलेजका प्रिन्सिपल रेशम गिरीले जानकारी दिएका थिए ।
राप्ती ईन्जिनिएरिङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रवन्ध निर्देशक भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण निर्दशक मधुसुदन वैद्यले गर्नु भएको थियो ।कार्यक्रममा वडा नं. १६का २२ टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष सचिव कोषाध्यक्ष स्थानीय बुद्धिजीवी प्राद्यापक, पत्रकार बिद्यार्थी गरी एक सय ५० जनाको सहभागिता रहेको थियो

Leave a comment