जातिय विभेद विरुद्ध देशभर आन्दोलन, भेदभावको दिर्घकालिन अन्त्यको माग गर्दै ज्ञापनपत्र पेस

दाङ, जेठ  । पछिल्लो समयमा देशभरका विभिन्न स्थानमा भैरहेका जातिय विभेद सम्बन्धी घटनाहरुको विरोध गर्दै देशभरका दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् । जातिय विभेदका घटनाहरुको विरोध गर्दै शुक्रबार दाङ लगाएत देशभर प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पेस गरेका छन् । झापा जिल्ला भद्रपुर नगरपालिका स्थित श्रीकृष्ण द्धैपायन गुरुकुल बेद विद्याश्रमले दलित समुदायका विद्यार्थी विकास कार्की ढोलीलाई दलित भएकै कारण भर्ना गर्न नमानेको, अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १० की १५ बर्षिय समिता नेपालीलाई स्थानिय युवा राजु अधिकारीले बलात्कार पश्चात हत्या गरेको ६ महिना विते पनि कार्बाही नभएको, सुनसरी र मोरङ जिल्लमा अन्तरजातिय विवाह गर्ने जोडीलाई गाउँ निकाला गरीएको, ललितपुरको नख्खु कारागारमा बर्दियाका २१ बर्षिय भक्तबहादुर सुनारको हत्या भएपनि छानविन नभएको लगाएतका घटनाहरु प्रति राज्य उदासिन देखिएको भन्दै दलित अधिकारकर्मीहरुले आक्रोस ब्यक्त गर्दै आएका छन । यस्तै अछामको पञ्चदेवल नगरपालिका ९ कालेकाँडा भानाकोट निबासी १८ बर्षिय उर्मिला टमटालाई सोही गाउँमा बस्ने तिलक बटालाले विवाह गर्छु भनि २ वर्ष सम्म यौन शोषण गरी विवाह नगरेको उल्टै हत्या गरेको, काभ्रेपलान्चोकका अजित मिजारको शव हाल सम्म काठमाण्डौ स्थित टिचिङ हस्पीटलमा सडेको लगाएतका देशभर दलित माथी जातिय विभेदजन्य क्रियाकलाप भएको भन्दै सरकारलाई ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाईएको नेपाल उत्पीडित जातिय मुक्ती समाज दाङका अध्यक्ष टंक सुनारले जानकारी दिनुभयो । लामो संघर्ष र बलिदानबाट नेपालमा गणतन्त्र घोषणा भई … Continue reading जातिय विभेद विरुद्ध देशभर आन्दोलन, भेदभावको दिर्घकालिन अन्त्यको माग गर्दै ज्ञापनपत्र पेस