ताजा अपडेट

योजना निर्माण गरेर खेलको विकास गर्न आवश्यक : प्रमुख चौधरी

          |   100 Views   |   Published Date : 2nd June 2018 |

34162942_909461309238941_5992754403386327040_n घोराही, १९ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले दाङ जिल्लामा खेल क्षेत्रको विकासका लागि कार्ययोजना निर्माण गरिने वताएका छन । दाङ फुटवल संघको आयोजनामा खेल क्षेत्रमा सहयोग गर्ने व्यक्तिलाई सम्मान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन ।

जिल्लामा पछिल्लो समयमा खेल तर्फ युवाहरुको आर्कषण वढेको बताउदै उनले यसको विकासका लागि वजेटको व्यवस्थापन तर्फ ध्यान दिइने धारणा राखे । उनले कार्यक्रममा आगामी वर्षमा नीतिगत रुपमै खेल क्षेत्रको विकासका लागि वजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे ।

मेयर चौधरीले स्वास्थ्यका दृष्टीकोणले खेल आवश्यक भएकाले सवैको सहकार्यमा जिल्लामा खेलक्षेत्रको विकास, आधुनिकीकरण तथा व्यावसायीकरण तर्फ लैजानु पर्ने आवश्यकता औल्याए । जसका लागि आवश्यक पूर्वाधार निर्माणमा स्थानीय तहले बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वोल्दै उनले जिल्लामा अव स्थानिय निकायले भएका खेलाडीहरुलाई प्रोत्साहनका कार्यक्रम गर्दै जाने बताए ।

वडा क्षेत्रमा खेलका लागि वजेट छुुट्टाइने र गाउँमा भएका खेलाडीहरुलाई समेटने प्रयास आफुहरुले गरेको बताए । उपमहानगरका प्रमुख चौधरीले दाङ जिल्लामा अन्तरराष्ट्रिय स्तरको खेल मैदानका लागि लविङ सुरु भएको जानकारी समेत दिए ।

दाङ फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वुद्धिराम पुनले जिल्लामा माघ दुई गतेदेखि ६ गते सम्म भएको २८ औँ पुरुष राष्ट्रिय च्याम्पियनसिप फुटवल प्रतियोगिताको आयव्य विवरण प्रस्तुत गरेका थिए । जसमा विभिन्न क्षेत्रवाट पाँच लाख ६० हजार ९८ रुपैँया प्राप्त भएको जानकारी र पाँचलाख २५ हजार चार सय ५० खर्च भएको जानकारी दिए । जसबाट ३४ हजार ६ सय ४८ रुपैँया वचत भएको विवरण उनले प्रस्तुत गरेका थिए । कार्यक्रममा खेल क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्ने र सहयोग गर्ने व्यक्ति, सञ्चारमाध्यमहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व खेलाडी नारायण सिंह गुरुङ, फुटवल संघका पूर्व सचिव केदार राज श्रेष्ठ, दोरण महरा लगायतका आआफ्नो धारणा राखेका थिए । समिर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन फुटवल संघका सचिव नरेन्द्र पुनले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१