ताजा अपडेट

गढवामा तरुणदल प्रशिक्षण तथा भेला सम्पन्न

          |   29 Views   |   Published Date : 2nd June 2018 |

34138859_2161275130759124_8756479310476345344_n गढवा, जेठ | गढवा गाउपालिका स्तरीय तरुण भेला आज गढवामा सम्पन्न भएको छ । नेपाल तरुणदल गढवाको आयोजनामा गढवा गाउपालिका स्तरिय तरुण दलका सहभागीहरुलाई तरुण दलको काम,कर्तव्य,लक्ष्य तथा उदेश्यको बारेमा प्रशिक्षण दिईएको थियो ।


नेपाल तरुण दल गढवा गाउपालिकाका अध्यक्ष प्रशान्त सिह डि.सि.को सभापतित्व तथा नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसन वाट बोल्दैै पाण्डेयले गाउपालिकाको प्रत्येक गाउ,टोलमा तरुणहरुको भेला बोलाई तरुण दल गठन गर्नुपर्ने बताउनु भयो ।

एक अर्को प्रसंगमा सभापति पाण्डेले अवको पाँच बर्ष सम्म नेपाली काँग्रेस लाई थप बलियो र संस्थागत रुपमा शशक्त बनाउनु पर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेस दाँग जिल्ला सदस्य कुमार घिमिरेले अब नेपाली काग्रेसमा यूवालाई नेतृत्वको जिम्मा दिनु पर्ने समय आएको बताउदै जुन सुकै पदीय जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै क्षेत्रिय तरुण दलको अध्यक्ष किरण पौडेलले आजै वाट हरेक गाउको टोल टोलमा तरुण दल गठन गरी समन्वय र सहकार्य गर्न गढवा गाउपालिका तरुणदलका अध्यक्ष प्रशान्त सिह डि.सि.लाई निर्देशन दिनु भएको छ ।
भेलामा नेपाली काँगे्रस गढवाका ईकाइ सभापती तथा वडा नं ६ का वडा अध्यक्ष बालचन्द्र हमाल,गंगापरस्पुरका ईकाई सभापती श्रीपत चौधरी,गढवा नगरविकाश सभापती विकाश वि.सी.,नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधी भुलन गुप्ता,तरुण दल क्षेत्रिय सदस्य रबि श्रेष्ठ,आनन्द सिह ठकुरी,बुद्धी चौधरी,अमर सुनार लगाएत ८० जना तरुण यूवाको सहभागिता रहेको थियो ।
गढवा गाउपालिका तरुण दलका सचिव चन्द्र बहादुर चौधरीको स्वागत मन्तब्य वाट शूरु भएको प्रशिक्षण कार्यक्रमको सहजीकरण ओम प्रकाश बस्यालले गर्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१