ताजा अपडेट

दाङमा ६.३ टन मात्र मकैको बीउ वितरण

          |   225 Views   |   Published Date : 1st June 2018 |

मकै-देशव्यापी

यमकला भुसाल तुलसीपुर , जेठ | जिल्ला कृषि विकास कार्यालय दाङले यस वर्ष जिल्लामा २ जातको मकैको विउ सिफारिस गरेको छ । कार्यालयका अनुसार रामपुर कम्पोजिट र अरुण दुई जातको मकैको विउ सिफारिस गरेको जनाएको छ ।

उत्पादन तथा विक्री गर्दा पनि किसानले उचित मुल्य पाउने भएकाले यी २ जातको मकैको विउ वितरण गरिएको कार्यालयका बाली विकास अधिकृत सुमन खनालले जनाकारी दिए । उनका अनुसार कार्यालयको अभियानमुखी कृषि उत्पादन कार्यक्रम अन्तर्गत विउ वितरण गरिएको हो । उत्त कार्यक्रम अन्तर्गत मकैको विउ किसानहरुले प्रति केजी ७५ रुपैयामा मात्र पाउने अधिकृत खनालले बताए । किसानहरुलाई यी दुइ जातका मकैको बिउ तुलसीुर,घोराही र लमहीका विभिन्न एगा्रेभेटबाट विक्री वितरण गर्ने गरिएको खनालले जानकारी दिए ।

उनका अनुसार घोराहीमा २ सय ५ हेक्टर क्षेत्रफलका लागी ४ हजार १ सय केजी,तुलसीपुरमा ४० हेक्टर क्षेत्रफलका लागी ८ सय केजी र शान्तिनगरमा ७० हेक्टर क्षेत्रफलका लागी १ हजार ४ सय केजी मकैको विउ वितरण गरिएको छ ।

अघिल्लो वर्ष अनुदानमा १६.९४ टन मकैको बिउ वितरण गरिएको थियो भने यस वर्ष कार्यालयले ६.३ टन मात्र बिउ वितरण गरेको अधिकृत खनालले बताए ।

जिल्लामा यो मकै उत्पादन कार्यक्रम लागु भएको ४ वर्ष भयो,अघिल्लो वर्ष १६.९४ टन मकैको विउ वितरण गरेका थियौँ तर यस वर्ष स्थानीय सरकार आए देखि प्रत्येक गाउँपालिका र नगरपालिकाले आफ्नै बजेटबाट विउ वितरण गर्ने भएकाले ६.३ टन मात्र मकैको बिउ वितरण ग¥यौ,अधिकृत खनालले बताए । ६६ हजार हेक्टरमा खेतीहुने दाङमा २४ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गर्ने गरिएको छ । किसानलाइ प्रविधि युक्त तरिकाबाट उत्पादन गर्न लगाइ उत्पादन बढाउन तर्फ आफू लागी रहेको खनालले बताए ।

किसानलाई साना सिंचाई, प्लाष्टिक पोखरी, स्यालो ट्युवेल तथा प्राङ्गारीक मलमा सहुलीयत दिईएकोले पनि उत्पादन बढ्ने विश्वास लिएको उनले बताए ।

यसैबिच मकैको उत्पादन बढाउनका लागी मकैको जातको साथ साथै रासायनिक मलको प्रयोगमा पनि ध्यान पु¥याउन आवश्यक छ ।

बाली विकास अधिकृत खनालका अनुसार उन्नत जातको मकै खेती गर्दा प्रति कठ्ठा जमिनमा साढे ४ किलो युरिया, साढे २ किलो डि.ए.पि. र सवा किलो पोटास मिलाएर छर्ने गरिएको थियो तर यस वर्ष माटो परिक्षण गर्दा अम्लीय पन बढी मात्रमा देखिएकाले प्रति कठ्ठा जमिनमा साढे ३ देखि ४ कजी सम्म युरिया,२ देखि ढाइ केजी सम्म डिएपी र डेढ देखि २ सम्म पोटास मिलाएर राखेर मकै छर्नुपर्ने छ ।

मकै उत्पादन लागी पकेट क्षेत्र मानिएका पश्चिम दाङको शान्तिनगर,बाघमारे,पञ्चकुले,धनौरे,पवननगर,हेकुली र श्रीगाउ लगाएका क्षेत्रमा रहेको कार्यालयले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१