,खेल क्षेत्रवाट समाजलाई अनुशासन बनाउछ ः मेयर केसी
देउखुरी शितो रियो कराते संघका अध्यक्ष गोबिन्द कुमार ओलीको अध्यक्ष, लमही नगरपालिकाको नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथि, नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे, नेपाल कराते महासंघका वरिष्ट प्रशिक्षक तथा साउथ एसियन कराते फेडेरेसनका सदस्य मदन उप्रेती र देउखुरी शितो रियो कराते संघका सल्लाहाकार तथा शिक्षा प्रेमी समाज सेबी प्रदिप राज शर्माको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले करातेको माध्यमबाट समाजलाई अनुशासन बनाउने कुरा राख्दै आउने दिनहरुमा कराते खेललाइ पनि अरु खेल जस्तै विकासमा जोड दिन बजेट बिनियोजन गर्ने, कराते खेल लाई पनि प्राथमिकथा दिने तथा लमही नगरपालिका का ९ वटै वडामा एक एक जना कराते कोच राख्ने र खेल विकासलाई मध्यनजर राख्दै कबड हलको व्यवस्था गर्ने प्रतिवद्धता राख्नु भएको छ ।
देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शेषमणी गौतम, सनलाईट स्कुलका प्रध्यानध्यापक रेशम बहादुर बुढा, ग्रेडिङ शिक्षक तथा रा.खे.प. प्रशिक्षक किसन मोते, सल्यान जिल्लाका कराते प्रशिक्षक चित्र राना, पृथु टेक्निकल क्याम्पसका चिफ प्रदिप पौडेल, रेडियो नयाँ युग एफ.एमका समाचार प्रमुख दशरथ घिमिरे मन्तब्य राख्नु भएके थियो ।
त्यस्तै बिशिष्ट अतिथी प्रदिप राज शर्मा ले प्रत्यक बर्ष माघ २० गते फाइनल हुने किसिमले बृहत प्रज्वोल स्मृती कराते प्रतियोगिता गर्ने कुरा ब्यक्त गर्नु भएको थियो । पुरेन्द्र बिक्रम लाखे र मदन उप्रेतीले देउखुरीको कराते विकासमा हामी हरपल तयार रहेको बताउनु भयो । देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शेषमणी गौतमले कराते खेल बाट शारिरिक मानसिक र ब्यक्तित्व विकास हुनुको साथै ठाउलाई चिनाउन मदत गर्ने कुरा ब्यक्त गर्नु भयो ।
कराते खेलाडी शिब कुमार चौधरीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सन्चालन कराते प्रशिक्षक मधुसुदन ओलीले गर्नु भएको थियो ।


Leave a comment