ताजा अपडेट

क्रिकेट मैदानको पर्खाल निर्माणमा मतभेद

          |   865 Views   |   Published Date : 31st May 2018 |

IMG_20180530_170653 दिवाकर पोख्रेल देउखुरी,जेठ। लमही स्थित निर्माणधिन अन्तराष्ट्रिय स्तरको क्रिक्रेट मैदानको दक्षिण तर्फ बन्दै गरेको पर्खालको विषयमा धेरैले चाँसो राखिरहेको बेला सम्बन्धीत सरोकारवालले आवश्यकता अनुसार नै पर्खाल निर्माण कार्य अंघि वढेको बताएका छन् ।


क्रिक्रेट मैदानका निर्माणका लागि करौडौ रकम खर्च गरेको लमही नगरविकास समीतिले अहिले भइरहेको क्रीक्रेट मैदानको दक्षिण क्षेत्रमा टेवा पर्खाल, माटो फिलीङ र मोटर खरिदको काम मैदानअत्यावश्यक भएको बताएको छ । नगर विकास इन्जीनियर तुलसीराम अर्यालले अहिले भैरहेको काम क्रिक्रेट मैदानको नियम विपरीत नभएर आवश्यकताको आधारमै भएको बताउनुभयो । बर्षातको समयमा पानीले क्रिक्रेट मैदान वाटै माटो बगायर लैजाने,हुंदा पनि क्रिक्रेट मैदानको संरक्षणको लागि भैरहेको काम अति आवश्यक भएको उहाँको भनाइ छ ।


यसैगरी देउखुरी क्रिक्रेट क्लवले पनि अहिले भैरहेको काम क्रिक्रेट मैदानको लागि आवश्यक रहेको बताएको छ । क्रीक्रेट क्लवका सचिव पवन शर्मा रिजालले केहि गाइगुइ रुपमा क्रिक्रेट मैदानको डिएिआर विपरीत भयो की भन्ने सुनिन्छ त्यस्तो पटक्कै भएको छैन । मैदानकै आवश्यकता अनुसारको काम गरेका छौ रीजालले भन्नुभयो ।यसैगरी देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभराम ा पौडेलले निमर्य कार्य विधी र प्रकृया अनुसार नै भएको बतानुभयो । विगतमा काम हुन नसकेर रकम फिर्ता गएको स्मरण गर्दै उहाँले आएको रकमको सही सदुपयोग गर्न आफूहरु सजक रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद मध्यपश्चिमान्चल क्षेत्रिय केलकुद विकास समिति नेपाल गंजले लमही नगरपालिकालाई पत्र काटेर निर्माण कार्यमा आग्रह गरेपछि लमही नगरविकास समीतिले पर्खाल निर्माण कार्यमा सहयोग गर्दै आइरहेको छ । क्रिक्रेट मैदानको दक्षिणी क्षेत्रमा पर्खाल निर्माण कार्य शुरु गर्नुभन्दा पहिले, केलखुद परिषद,प्राविधिकm देउखुरी क्रिक्रेट क्लव र लमही नगर विकास समिति विच निर्माण कार्य आवश्यक र उपयुत्त भएको ठहर गरेपछि निर्माणको काम शुरु भएको थियो ।
प्राविधिक टोलीले लमही नगर विकास समीतिले तयार पारेको क्रिक्रेट मैदानको नक्सा अध्यन गरेर प्राविधिक टोलीले उपयूक्त छ भनेपछि निर्माण काम शुरु गरिएको लमही नगर विकास श्रोतले जनाएको छ । ४० लाखको केन्द्रिय वजेटमा सरोकारवालको भेलावाट उपभोत्ता समिति गठन गरेर निर्माण कार्य अघि वढाएको उपभोत्ता समितिका अध्यक्ष कुलदीप केसीले जानकारी दिनुभएको छ ।
मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिले पनि स्थानिय प्राविधिक हरु संग सहकार्य गरेर निर्माण कार्य अघि वढेकाले मापदण्ड विपरीत भयो भनेर भन्न नमिल्ने बताएको छ । समीतिका प्रमुख विष्णु शर्माले आफूहरुले सम्बन्धीत सबै प्ररा गरेर कार्य गरिरहेको बताउनुभयो । यतिकै लगानी खेर हामी फाल्दैनौ,नगरविकास समिति र हाम्रो प्राविधिक विच समन्वय भइरहेको छ । यसमा शंका गर्नुपर्ने कारण नै छैन । उहाँले भन्नुभयो ।
तर यस विषयमा दाङ क्रिक्रेट संघको फरक धारणा छ । संघका अध्यक्ष प्रदिप मजगैयाँले क्रिक्रेट मैदानको भोकाधिकार गर्ने आफु आवद्ध संस्था सहकार्य हुन नसकेको बताउनुभयो ।
अन्तराष्टिय स्तरको क्रीक्रेट मैदानको लागि मात्रै ठाउँ पुगेको छ । प्रहरी चौकी, वसपार्कको केही क्षेत्र र देउपुर स्कुल जाने वाटो समेत ग्राउण्ड भित्र हुनुपर्छ भन्ने कोणवाट छलफल चलिरहेको बेला अहिले भइरहेको काम विधी संङगत भएन की भन्ने हो मजगैयाँले भन्नुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१